मेक्सिको सिटी, ३० वैशाख । मेक्सिकोको उत्तरी सहर चिहुआहुआमा मङ्गलबार भएको एक सानो विमान दुर्घटनामा परी पाँच व्यक्तिको मृत्यु भएको छ ।
मेक्सिकोको एक क्षेत्रीय समाचार वेबसाइट लाइनिया डाइरेक्टाले सो दुर्घटनाको बारेमा जानाकरी दिएको छ ।
सिनालोमा अवस्थित सो समाचार वेबसाइटले प्रत्यक्षदर्शीहरुलाई उद्धृतगर्दै सेस्ना–२०६ मोडेलको सो विमान एक आपराधिक समूहको स्वमित्वमा रहेको र अर्को अपराधिक समूहको बन्दुकधारीले गोली प्रहार गरी खसालेको जनाएको छ ।
युरिक उपनगरमा विमान खसालिएको यस घटना विगतका ४८ घण्टादेखि त्यहाँ जारी विभिन्न अपराधिक समूहकाबीच हिंसात्मक द्वन्द्व शृंखलाकै एक निरन्तरता रहेको समेत उक्त वेवसाइटले बताएको छ ।
यो विमानले सेनाको लागि राहत बोकेको बताइएको छ । त्यस्तै गत मार्च महिनामा मेक्सिकोको नेसनल इन्स्टिच्यूट अफ स्टाटिटिक्स् एन्ड जिओग्राफीका दुई जना नापी अधिकृतहरुलाई पनि अज्ञात बन्दुकधारीहरुले सोही इलाकामा विभत्स हत्या गरेका थिए ।
विगतका केही समयदेखि सो क्षेत्रमा हिंसात्मक क्रियाकलापमा बृद्धि भएपछि कडा सुरक्षा व्यवस्था अपनाइएको थियो । रासस÷सिन्ह्वा















प्रतिक्रिया