३० आश्विन २०८३, शुक्रबार

भूकम्पले बाइस करोडको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaनवलपरासी, ३० वैशाख । विनाशकारी भूकम्पले जिल्लामा रु २२ करोडको क्षति गरेको अनुमान गरिएको छ ।

जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले रु २२ करोडको क्षति पु¥याएको अनुमान गरेको हो । जिल्लामा सङ्कलन भएको विवरणको आधारमा सो मूल्यबराबरको क्षति भएको आङ्कलन गरिएको हो ।

भूकम्पबाट २३३ घर पूर्ण रुपमा क्षति भएका छन् । ९८८ घरमा आंशिक क्षति पुगेको छ । पहाडी गाविसका दुई हजार घर चर्कोको छ ।

भौतिक संरचनाको अवस्था हेर्ने हो भने कुनै घरलाई पुनःनिर्माण गर्नुपर्छ, कुनै सामान्य मर्मत गर्दा पनि हुन्छ । क्षति भएका संरचनालाई पुनःनिर्माण र मर्मत गराउन मात्रै १७ करोडभन्दा बढी खर्च लाग्ने प्रशासनका लेखा अधिकृत बसन्त भट्टराईले बताउनुभयो । रासस