२९ आश्विन २०८३, बिहिबार

एक करोड नगद प्रधानमन्त्री राहत कोषमा जम्मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-koiralaपथरी (मोरङ), ३० वैशाख । यही वैशाख १२ गतेदेखि यता विभिन्न चरणमा गएको भूकम्पपीडितको सहयोगका लागि मोरङबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड नगद जम्मा भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा भएको र मोरङ जिल्लाबाट रु १० करोड बराबरको खाद्य सामग्री भूकम्प प्रभावित विभिन्न जिल्लामा वितरण गरिएको जानकारी दिनुभयो ।

मोरङमा रहेका विभिन्न व्यापारिक सङ्घसंस्था, राजनीतिक दल, नगरिक समाज, पिएलओ लुब्रिकेन्ट, कोसी हरैचा नगरपालिकाले रु एक करोड नगद प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको र रु १० करोडको खाद्य सामग्री वितरण गरिएको मोरङ प्रशासनले जानकारी दिएको छ ।

दोलखा, काभ्रे, धादिङ, गोरखा, काठमाडाँै, सिन्धुपाल्चोकलगायतका भूकम्प प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न, त्रिपाल, लत्ताकपडालगायतका सामग्री मोरङका दानवीरहरुले वितरण गरेको बताइएको छ । रासस