३० आश्विन २०८३, शुक्रबार

भूकम्पले स्याङ्जामा आपत: गुड्दै गरेको ट्याक्सी जलेर यस्तो भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taxi-Syanja

स्याङ्जा, २९ वैशाख। मंगलबारको शक्तिशाली भूकम्पले स्याङ्जामा पनि क्षति पुगेको छ । दुई जना गम्भीर घाइते भएका छन् भने दर्जनौँ घरहरु भत्किएका छन् ।

स्याङ्जाको भालु पहाडमा ठूलो दुर्घटना टरेको छ । स्याङ्जाको वालिङबाट पोखरा जाँदै गरेको ट्याक्सीमा भूकम्प जाँदाजाँदै ढुंगा खसेपछि ट्याक्सी जलेर क्षणभरमै नष्ट भएको छ । ट्याक्सीमा यात्रा गरिरहेका वालिङ नगरपालिका ८ बस्ने बर्षीय ३६ का ख्यामप्रसाद काफ्ले र २३ बर्षिया अनु गिरी गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि पाल्पा लगिएको छ ।

ट्याक्सीमै रहेका अर्का एकजना भने सकुशल रहेको बताइएको छ । ट्याक्सी नम्बर खुलेको छैन ।

भूकम्पले स्याङ्जामा दर्जनौँ घरहरु भत्काएको छ । जनजीवन त्रसित बनेको छ ।