३० आश्विन २०८३, शुक्रबार

मंगलबारको भूकम्पबाट दोलखामा १० जनाको मृत्यु, मृतकको संख्या २५ पुग्यो (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ बैशाख । मंगलबारको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म २५ जना पुगेको छ ।

दोलखामा दश जनाको ज्यान गएको छ । यसैगरी, सिन्धुपाल्चोकमा चार जनाको ज्यान गएको छ । सिन्धुपाल्चोक र दोलखामा ठूलो क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

भूकम्पपछि सिन्धुपाल्चोकका पहाडहरुमा ठूला ठूला पहिरो गएको छ । यसैगरी, आकाश धुलाम्य भएको स्थानीय दीपक राउतले जानकारी दिएका छन् ।

काठमाडौँको टेकु, कीर्तिपुर, नयाँबजार लगायतका ठाउँमा गरी ७ जनाको ज्यान गएको छ । सुनसरीमा दुई जनाको ज्यान गएको छ । काठमाडौँको दरबार स्क्वाएर क्षेत्र, नयाँबजार तथा गोँगबु क्षतिमा निकै ठूलो क्षति पुगेको बताइएको छ ।

यसैगरी, सर्लाहीको हरिवन र रौतहटमा पनि एक एक जनाको ज्यान गएको छ ।

मंगलबार १२ बजेर ५४ मिनेटमा शक्तिशाली भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागका अनुसार, ७ दशमलव रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु दोलखा देखिएको छ ।