२९ आश्विन २०८३, बिहिबार

अमेरिकाको ह्वाईट हिमाल ईन्कले भूकम्पपीडितलाई गाउँका पुरै घर बनाइँदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

logoन्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले नेपालको भूकम्पबाट प्रभावित एक गाउँको पुनः निर्माण गरिदिने घोषणा गरेको छ ।

ह्वाईट हिमाल टेलिभिजन र ह्वाईट हिमाल नेटवर्कको सन्चालक संस्था रहेको ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले एक बिज्ञप्ती जारी गर्दै नेपालको महाभूकम्पबाट आफुहरु अत्यन्तै सतब्ध भएको जनाउँदै भूकम्पबाट प्रभावित कुनै एक गाउँको पुनः निर्माण गरिदिने घोषणा गरेको हो ।

संस्थाका अध्यक्ष शान खड्काका अनुसार आफुहरुले नेपालको महाभूकम्पबाट अत्यन्तै प्रभावित कुनै एक गाउंका लागि तत्कालिन र दिर्घकालिन गरि पुन निर्माण गरिदिन लागेको बताउनुभयो । महाभूकम्पबाट नेपालमा धेरै गाउँहरु प्रभावित भएको भए पनि आफुहरुले सकेसम्म बढी प्रभावित गाउँ छानेर पुन निर्माण गर्ने योजना अगाडि सारेको अध्यक्ष खड्काले बताउनुभयो ।

ह्वाईट हिमाल ईन्टरटेण्टमेण्ट ईन्कले नेपाल सरकार र अन्य निकायहरुसँग समन्वय गरि अत्यन्तै प्रभावित र कम राहत पुगेको गाउं छनौट गरेर पुन निर्माण गर्ने जनाएको छ । ह्वाईट हिमालले सन् २०११ देखि न्यूयोर्कबाट चौबिसै घण्टा सन्चालन हुने ह्वाईट हिमाल टेलिभिजनको सुरु गरेको हो भने सन् २०१४ देखि बिभिन्न नेपाली च्यानलहरु सहितको ह्वाईट हिमाल नेटवर्कको सन्चालन गरेको हो ।