२९ आश्विन २०८३, बिहिबार

मदन भण्डारी गोल्डकपः चर्च व्वाईज सेमिफाईनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhan-bhandari-goldcup

– सुमन घिमिरे
उर्लाबारी, २८ वैशाख । मोरङको उर्लाबारीमा जारी चौथो मदन भण्डारी स्मृति गोल्डकप फुटबलको सोमबारको खेलमा काठमाडौंको चर्च व्वाईज क्लब विजयी हुँदै सेमिफाईनलमा प्रवेश गरेको छ ।

उर्लाबारीको मंगलबारेस्थित सालबारी सामुदायिक बन क्षेत्रको खेल मैदानमा भएको खेलमा भारत सिलगुडीको कञ्चनजंगा फुटबल क्लबलाई ५-० गोलको फराकिलो हराउँदै चर्च व्वाईजले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित पारेको हो ।

सोमबारको खेलमा कञ्चनजंगामाथि चर्च व्वाईजले पुरै समय दबाबमा राखेको थियो । चर्च व्वाईजले खेलको पहिलो हाफमा दुई र दोश्रो हाफमा दुई गोल गरेको थियो । Madhan-bhandari-goldcup-1

चर्च व्वाईजको जितमा सुमन लामाले दुई गोल गरे भने जाङवो शेर्पा, पासाङ लामा र जसबहादुर राईले १/१ गोल गरेका थिए । सोमबारको खेलमा दुई गोल गर्ने सुमन लामा नै म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा मंगलबार आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारी मोरङ र शसस्त्र प्रहरी बल पाथिभरा गण लखनपुर झापाबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।