लमजुङ, २८ बैशाख । काठमाडौंको विशालनगर चण्डोलस्थित संस्कार ईंग्लिश स्कूलको अग्रसरतामा लमजुङको विभिन्न स्थानमा भूकम्प पीडितका लागि राहत वितरण गरिएको छ ।

‘एक जुट होऔं, पुनर्निर्माणमा लागौं’ भन्ने सन्देशसहित बैशाख २६ गते शनिवार लमजुङको पाचोक, नौथर, ढोडेनी, फलेनी तथा बन्सार समेत गरी पाँच गाबिसमा भूकम्प पीडित राहत वितरण गरिएको हो ।
राहत सामग्रीमा २५ केजीको एक बोरा चामल, एक केजी केराउ दाल, एक केजी चिउरा, एक केजी मस्यौरा रहेको ४०० बोरा खाद्यान्न सामग्री र २२३ थान त्रिपाल वितरण गरिएको थियो । जसमध्ये पाचोकमा १०० बोरा खाध्यान्न र ३० त्रिपाल, नौथरमा १०० बोरा खाद्यान्न र ९६ थान त्रिपाल, ढोडेनिमा १०० बोरा खाद्यान्न र ६० थान त्रिपाल, फलेनिमा ७० बोरा खाद्यान्न र ३७ थान त्रिपाल र बन्सार गाविसको ८ र ९ वडामा ३० बोरा खाद्यान्न वितरण गरिएको थियो ।

संस्कार ईंग्लिश स्कूलका प्रिन्सिपल र निर्देशक बिमला गुरुङ तथा गोविन्द गुरुङले नेतृत्व गर्नुभएको सो राहत बितरण कार्यक्रममा स्थानीयबासी युवराज अधिकारिको बिशेष संयोजनकारी भूमिका रहेको थियो भने युएसए–नेपाल कम्युनिटी आउटरिच नेटवर्क टेक्सस, युएसए लगायत अन्य विभिन्न ब्यक्ति र संस्थाहरुको बिशेष सहयोग र सहभगिता थियो ।

















प्रतिक्रिया