१५ कार्तिक २०८३, आइतबार

वर्षायाम अगाडि नै अस्थायी छाप्रो बनाउन बाबुरामको सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattarai-gorkha
फाइल तस्वीर

धुन्चे (रसुवा), २८ वैशाख । विनाशकारी भूकम्पबाट भएको क्षति र वर्तमान अवस्थाका बारेमा बुझ्न आज पूर्व प्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा बाबुराम भट्टराईले स्थलगत निरीक्षण गरी यहाँका सरकारी अधिकारीसँग उद्धार र राहत वितरणमा कार्यप्रगतिको जानकारी लिनुभयो ।

हेलिकोप्टरबाट आज धुन्चे आउनुभएका डा भट्टराईले जिल्ला प्रशासन कार्यालयमा आयोजित सरकारी अधिकारी र कार्यकर्ता भेटघाटमा ग्रामीणवासीलाई वर्षायाममा त्रिपालले बस्न अप्ठ्यारो हुने भएकाले पुरानै काठ, जस्ता प्रयोग गरेर भए पनि वर्षा अगावै अस्थायी आवास निर्माण गराउन सुझाव दिनुभयो ।

पुस्ताले भोगेको भन्दा ठूलो विपत्ति सामना गर्नु परेको, सुनेकोभन्दा स्थलगत निरीक्षण गर्दा धेरै क्षति देखिएका कारण यस्तो विपत्तिबाट अत्तालिएका ग्रामीण जनताको क्षतिको विवरण सही रुपमा मूल्याङ्कन गरी राहत वितरण गर्न डा भट्टराईले सुझाव दिँदै यहाँका अधिकारीहरुलाई आवास, स्वास्थ्य, शिक्षा र राहतको व्यवस्थामा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

भूकम्पबाट भएको क्षतिका विषयमा रसुवाका प्रजिअ उद्धवप्रसाद भट्टराई र राहत वितरणका बारेमा स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरले भट्टराई सामु जानकारी गराउनुभएको थियो ।

भट्टराईका साथ एमाओवादीका नेता अग्नि सापकोटा र देवी घर्तीमगरको पनि सहभागिता रहेको थियो ।

डा भट्टराईले लाङ्टाङको हिमपहिरो र गत्लाङलगायत जिल्लाका विभिन्न क्षतिग्रस्त स्थलको हवाई निरीक्षणसमेत गर्नुभएको थियो । रासस