
– सन्दिप भट्ट
गोरखा । नेपालीको लागि भुल्नै नसक्ने कालो दिन बनेर आयो ०७२ बैशाख १२ । गोरखाको बारपाकलाई केन्द्रविन्दु आएको विनाशकारी भूकम्प र त्यसपछि आएका कम्पनका कारण ८ हजारले ज्यान गुमाए । १५ हजार बढी घाईते छन् । भूकम्पछि भएको क्षति र पीडितलाई सहयोग गर्ने काममा यतिवेला सर्वसाधरणदेखी कलाकार पनि तल्लीन छन् ।

पछिल्लो समयका चर्चित, लोकप्रिय संगीतकार यतिबेला आफ्नो गृह जिल्ला चितवनमा आएर भूकम्पपीडितलाई सहयोग जुटाउने काममा व्यस्त छन् । चितवनमा विभिन्न स्थानबाट सहयोग जुटाउदै यतिबेला उनी सहयोग लिएर गोरखा पुगेका छन् । पोखरेलले दैनिक नेपालसंग भने, ‘भुकम्पले सबैभन्दा बढी क्षति पुगेको गोरखाको दर्बुङ गाविसका पीडितले अहिलेसम्म राहत पाएको छैनन् भन्ने सुनेँ, अनि विभिन्न क्षेत्रवाट सहयोग संकलन गरेर दर्बुङवासीलाई सहयोग गर्यौं ।’
उनले सो क्षेत्रका ४० घर परिवार बासीन्दालाई ४० बोरा चामल लिएर गोरखा पुगेका पुगेको बताए । सेवा नै धर्म हो भन्ने सोचका साथ उनी भुइँचालो गएलगत्तैदेखि सहयोगका हात फैलाउँदै गोरखाका भूकम्प पीडित जनताहरुमा राहत लिएर पुगेका थिए । अझै सहयोग गर्ने मनसाय छ, उनले थपे ।

यसअघि गोरखाकै भुलिङचोकको आइरडाँडा, अर्चनबास, हिकलुङ लोपराङ, डाँडागाउँ, गैरीगाउँ लगायतको ठाउँमा पनि उनि राहत लिएर पुगेका थिए । ५०० घर अन्र्तगत ४५० घर पूर्ण रुपमा क्षति भएको उक्त ठाउँमा ३०० वटा त्रिपाल मात्र पुगेको अवस्थामा संगीतकार पोखरेलको समूहले राहत लिएर पुगेका थिए ।
संगीतकार अर्जुनको अभियानलाई युकेमा रहेका गीतकार नृपेश उप्रेती, अष्ट्रेलियामा रहेका गीतकार देवल भण्डारी, युकेमा बसोबास गर्दै आएका उत्तम लामिछाने लगायत नेपालीहरुले सहयोग पु¥याउने प्रतिबद्धता जनाएको पोखरेलले जानकारी दिए ।















प्रतिक्रिया