३० आश्विन २०८३, शुक्रबार

बहसमा राष्ट्रिय सरकार: अबको प्रधानमन्त्री गगन थापा कि बाबुराम ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-thapa-baburam-bhattrai

– कमलराज भट्ट/समाचार टिप्पणी

काठमाडौं, २८ वैशाख । देशमा राष्ट्रिय सरकारको चर्चा सुरु भएको छ । भूकम्पपछि तीनदलबीच चलिरहेको छलफलमा राष्ट्रिय सरकारको चर्चा सुरु भएको हो । सबै दलका नेताहरुले अहिले राष्ट्रिय सरकार निर्माणमा जोड दिइरहेका छन् । राष्ट्रिय सरकार बनाएर विपत्तिको सामना गर्नुपर्ने उनीहरुको जोड छ ।

राष्ट्रिय सरकारको बहस चलिरहँदा नेतृत्व कस्ले लिने भन्ने विषयमा पनि आंकलनहरु सुरु भएका छन् । नेतृत्वका दाबेदार प्रमुख तीन दलको फरक धारणा छ । शनिबार संसदमा सम्बोधन गर्दै एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको राष्ट्रिय सरकारको नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका थिए ।

उनले अब बुढापाकाले सत्ताको लोभ गर्न नहुने भन्दै देशको तीव्र विकासका लागि युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका थिए । उनको भनाई अनुसार एमाओवादी अबको राष्ट्रिय सरकारको नेतृत्व युवाले गर्नुपर्छ भन्ने पक्षमा छ । उसो त एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता भट्टराई प्रधानमन्त्री भइसकेका छन् । के अब उनीहरुले प्रधानमन्त्रीको बोझ उठाउने इच्छा नगरेका हुन त ? त्यही कारण युवालाई दिने प्रस्ताव अगाडि ल्याएका हुन् त ?

संसदमा बाबुरामले युवालाई प्रधानमन्त्री बनाउनुपर्ने बताइरहँदा प्रचण्डको अनुहारले पनि स्वीकृतिको भाषा बोलिरहेझैँ देखिन्थ्यो । तर माओवादीमा प्रधानमन्त्री बन्न क्षमता भएको युवा नेताको अभाव छ ।

के युवाको नाममा बाबुराम आफै प्रधानमन्त्री बन्न खोजेका त होइनन्, प्रश्न यहाँनिर पनि छ । बौद्धिक मानिने नेता बाबुराम नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने जमात पनि पार्टीमा छ । तर बाबुराम प्रधानमन्त्री बन्ने परिस्थिति छैन् ।

अर्कोतर्फ सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा पनि अबको नेतृत्व युवालाई दिने विषयमा छलफल भइरहेको बताइन्छ । कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले राष्ट्रिय सरकारको नेतृत्व लिन प्रधानमन्त्री सुशील कोइरालापछि हटे युवालाई नै नेतृत्व दिन कांग्रेस तयार रहेको बताए ।

त्यसो भए काँग्रेसबाट को बन्ला त प्रधानमन्त्री ? के काँग्रेसलाई गगन थापालाई अगाडि बढाउला वा उनको विकल्प खोज्ला ? हुन त काँग्रेसमा युवा नेता गगनमात्रै होइनन् । थुप्रै आशलाग्दा र भरपर्दा युवा नेता काँग्रेसमा छन् । काँग्रेसभित्रको समिकरण हेर्दा गगन प्रधानमन्त्री बन्ने सम्भावना छैन्, बाबुराम र गगन प्रधानमन्त्री बन्न आफ्नै पार्टीका कारण मुश्किल छ ।

नेताहरुले राष्ट्रिय सरकारको बहस चलिरहँदा जनताहरुले पनि क्षमता भएको व्यक्ति नेतृत्व लिनुपर्ने बताएका छन् । जनताहरुले भने अबको प्रधानमन्त्रीमा बाबुराम र गगन थापालाई मन पराएका छन् । पश्चिम तराईका जिल्लामा गरिएको एक सर्वेक्षणमा धेरै जनताले बाबुराम र गगन थापालाई प्रधानमन्त्री बनेको हेर्न चाहेका हुन् ।

जसमा गगन थापालाई चुन्ने बढी छन् । करिब १५ हजार नागरिकमा गरिएको सर्वेक्षणमा ९ हजारले गगन थापालाई मन पराएका छन् । बाँकी ५ हजारले बाबुराम र १ हजारले अन्य नेतालाई मन पराएका छन् । फ्याक्ट नामक संस्थाको सर्वेक्षणमा यस्तो देखाएपनि नेपालको राजनीति बुढापाकाकै हातमा छ । तीन दलका शिर्ष नेताकै निर्णय अनुसार अब राष्ट्रिय सरकारमा प्रधानमन्त्री को हुने भनेर निर्धारण हुनेछ ।