२९ आश्विन २०८३, बिहिबार

कृषि विकास बैंकद्वारा भूकम्पपीडितलाई चामल वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

agriculter-development-bankकाठमाडौँ, २८ वैशाख । कृषि विकास बैंकले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई पाँच हजार किलोग्राम चामल वितरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त परिमाणको चामल बाह्रबिसेमा भएको सर्वदलीय जनप्रतिनिधिको उपस्थितिमा पीडितलाई वितरण गरेको हो ।

यसअघि बैंकले नुवाकोटका चौघडा गाविसमा पनि त्यत्ति नै परिमाणको चामल वितरण गरेको थियो । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख एक हजार १११ दाखिला गरेको छ ।

बैंकमा कार्यरत सबै कर्मचारीको तलबबाट कट्टा हुने गरी थप रु एक करोड प्रदान गर्नेसमेत निर्णय भएको बैंकले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस