२९ आश्विन २०८३, बिहिबार

नाबालिका दक्षिणा चढाए करोडौं आउँछ भन्दै बाबाले शारीरिक सम्बन्ध राखेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape crimeकाठमाडौं, २८ वैशाख । एउटा भनाई छ पैसामा डुबेको मान्छे अन्धो हुन्छ । यो भनाई साच्चै नै प्रमाणित भएको छ । मुम्बईमा एक सौतेली आमाले करोडौं पाउने लोभमा आफ्नै छोरीलाई बेचेकी छिन् ।

मुम्बईमा ति आमाले आफ्नी सौतेनी छोरीलाई करोडौं पैसा पाईने भन्दै सौदा गरेकी हुन् । यो घटना शनिवार बाहिर आएको हो । धनी बनाइदिने नाम चलेको बाबा कहाँ ति महिला गत सोमबार पुगेकी थिईन् ।

बाबाले उनलाई छिट्टै करोडपति योग रहेको बताए । तर त्यसका लागि मेरो शारीरिक सुख पूरा गर्न तिमिले आफ्नो नाबालिका छोरीलाई दक्षिणा चढाउनुपर्छ । बाबाले भनेअनुसार ति महिलाले श्रीमानलाई जबरजस्ती सहमत बनाई सौतेली छोरीलाई बाबाको हातमा सुम्पिएकी थिईन् ।

धनी बनाउने भन्दै ति ढोगी ढोंगी बाबा विजय ठोमारेले अहिलेसम्म २३ वटा नाबालिकासँग शारीरिक सुख मेटाएका छन् । त्यसमा बाबाले भनेअनुसार केही परिवारले करोड सम्पत्ति समेत हासिल गरेका छन् ।

२३ वटा नाबालिकासँग शारीरिक सम्पर्क राखिसकेका बाबामाथि प्रहरीले निगरानी बढाएको थियो । निगरानी बढाएका बेला सौतेली आमाले छोरीलाई बाबाको हातमा सुम्पिएपछि यो घटना बाहिर आएको हो ।

सौतेली आमाको हातबाट बाबाको शरणमा ति नाबालिका सुम्पिएपछि प्रहरीले आश्रममा छापा मारेको थियो । छापा मार्ने क्रममा ति नाबालिका सहित १२ जनालाई आश्रमबाट मुक्त गरिएको पुलिस आयुक्त वी वी लक्ष्मी नारायणले जानकारी दिएका छन् ।

आश्रमबाट ढोंगी बाबा विजय ठोमारे र उनका एक महिला सहयोगीलाई पनि पक्राउ गरिएको छ । प्रहरीले बालिकालाई ढोंगी बाबाको जिम्मा लगाउने सौतेली आमा र बाबुलाई समेत गिरफतार गरेको छ । एजेन्सी