वीरगन्ज, २८ वैशाख । विभिन्न कामले ससुराली गएका पर्साको सोनवर्षाका–८ का ३१ वर्षीय लालबाबु गौरोको शव बोराभित्र हालेर फालिएको अवस्थामा फेला परेको छ ।
करिब एकहप्ता अगाडी लालबाबु घरबाट ससुराल गएका थिए । सोनवर्षाको जंगलभित्र बोरामा पोको पारेर फ्याकिएको अवस्थामा सोमबार उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी बीरबहादुर ओलीका अनुसार लालुबाबुको हत्या गरेर शव पर्साकै बागवाना गाविसनजिकको कोइलाभार जंगलभित्र बोरामा पोका पारेर फालिएको अवस्थामा फेला परेको हो ।
दाउरा खोज्न जंगल गएका महिलाले लालुबाबुको शव बोरामा भेट्टाएका थिए । गत बैशाख २१ देखि हराएका उनलाई परिवार र प्रहरीले खोजीरहेको थियो । प्रहरीले कस्ले हत्या गरेको भन्ने विषयमा थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया