५ कार्तिक २०८३, बिहिबार

भारतबाट आएका त्रिपाल बोक्दै अमेरिकी लडाकु विमान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Operice-helicopter-america-1पथरी (मोरङ), २८ वैशाख । भारतको पश्चिम बङ्गाल सरकारबाट प्राप्त त्रिपाल अमेरिकी लडाकु विमान (ओस्प्रे)ले आज विराटनगर विमानस्थलबाट काठमाडौँ ढुवानी गरेको छ ।

विमानले आज तीनवटा उडान भर्दै पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले झापाको सीमामा नेपाललाई हस्तान्तरण गरेको त्रिपाल ढुवानी गरेको हो ।

काठमाडौँ लैजाँदै गर्दा सुनसरीमा ट्रक बिग्रेर अलपत्र परेको त्रिपाल विराटनगर विमानस्थल ल्याएपछि अमेरिकी विमानबाट ढुवानी गरिएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीका अनुसार करिब पाँच हजार त्रिपाल हवाई मार्गबाट काठमाडौँ ढुवानी हुनेछन् । रासस