३० आश्विन २०८३, शुक्रबार

बक्स अफिसमा अक्षयकुमारको ‘गब्बर’को कमाई ६० करोड पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gabbar-is-Backमुम्बई । बलिउडका खेलाडी अभिनेता अक्षयकुमार सफल मानिन्छन् । उनका प्राय फिल्म बक्स अफिसमा रेकर्ड राख्न सफल हुन्छन् । गत शुक्रबारबाट प्रदर्शनका आएको अक्षयकुमारको फिल्म ‘गब्बर इज ब्याक’ले बक्स अफिसमा रेकर्ड तोड्ने लय समातेको छ ।

चलचित्रले विहीबारसम्ममा ६० करोड रुपैयाँ कमाएको छ । यो कलेक्सन भारतको मात्रै हो । विहीबार मात्रै यो चलचित्रले चार करोड २० लाखको कारोबार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो चलचित्र अर्काे रेकर्ड पनि बनाएको छ ।

यस वर्ष प्रदर्शन भएका चलचित्रमा सबैभन्दा बढी कलेक्सन गर्ने चलचित्र समेत बनेको छ । पहिलो दिनको कमाई सबैभन्दा बढी गरेको छ ।यो चलचित्रमा अक्षयकुमारको शरीर एकातिर आत्मा अर्काेतिर अलग अलग भएको देख्न सकिन्छ । पहिलो दिन १३ करोड ५० लाख कलेक्सन गरेको थियो । एजेन्सी