२९ आश्विन २०८३, बिहिबार

दमक मदन भण्डारी गोल्डपको सेमिफाईनलमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football– सुमन घिमिरे
मोरङ, २७ वैशाख । मोरङको उर्लावारीमा आईतबारदेखी चौथो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबारेस्थित सालबारी खेल मैदानमा आईतबार भएको प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई १–० गोलले हराउँदै झापाको दमक फुटबल क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

दमकलाई सेमिफाईनलसम्म पुर्याउन यु– १६ राष्ट्रिय टिमका स्ट्राईकर समेत रहेका अनन्त तामाङ गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गर्नुभएको थियो ।

प्रतियोगितामा आयोजक मदन भण्डारी स्मृती प्रतिष्ठान उर्लावारीसहित झापा ११, दमक फुटबल क्लब झापा, राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी, सशस्त्र प्रहरी बल पाथिभरा गण झापा, चर्च व्याइज युनाइटेड काठमाडौं, कञ्चनजंघा फुटबल क्लब भारत र दार्जिलिङ ११ गरी ८ टिमको सहभागिता रहेको छ ।

जननेता भण्डारीको स्मृतिमा प्रत्येक वर्ष हुँदै आएको प्रतियोगिताको विजेता टोलीले १ लाख ५० हजार रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा भोली कञ्चनजंगा फुटबलल क्लब सिलगुँडी भारत र चर्च व्वाईज युनाईटेड काठमाण्डौबिच प्रतिस्पर्धा हुने भएको छ ।