३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडित पत्रकारलाई दैनिक नेपाल र आइजीसी फाउण्डेशनको सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dainiknepal.com-support

काठमाडौँ, २७ बैशाख । दैनिक नेपाल डटकमले भूकम्प पीडित पत्रकारका लागि त्रिपाल सहयोग गरेको छ ।

आइतबार सञ्चारग्राममा आइजीसी फाउण्डेशनका संयोजक गणेशमान लामा र दैनिक नेपाल डटकमका सम्पादक गणेश पाण्डेले नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट र महासचिव उजिर मगरलाई एक सय थान त्रिपाल हस्तान्तरण गर्नुभएको हो ।

महासंघ केन्द्रमा दैनिक नेपाल डटकममार्फत आइजीसी फाउण्डेसनबाट प्राप्त एक सय थान त्रिपालमध्ये महासंघ काठमाडौं शाखाका लागि ५०, ललितपुर शाखालाई १७, भक्तपुर शाखालाई १६, मैत्री एफएम प्रतिष्ठान शाखालाई ७ वटा त्रिपाल महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले तत्कालै वितरण गर्नुभएको थियो ।

संक्षिप्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डा. विष्टले महाभूकम्पबाट एक हजार पत्रकारहरु पीडित रहेको भन्दै सहयोगका लागि धन्यवाद दिनुभएको थियो । उहाँले भूकम्पपीडित पत्रकारलाई सहयोग गर्न महासंघ लागिरहेको बताउनुभयो ।

पत्रकार महासंघका महासचिव मगरले संकटका बेला एक एक थोपा पानीको महत्व हुने भन्दै सहयोगका लागि धन्यवाद दिनुभयो ।

आइजीसी फाउन्डेशनका संयोजक लामाले विभिन्न जिल्लामा पाँच हजार टेन्ट र पाल वितरण गरिएको भन्दै आगामी दिनमा पनि संचारकर्मीहरुलाई सहयोग गरिने बताउनुभयो ।

दैनिक नेपाल डटकमका सम्पादक पाण्डेले दैनिक नेपालको कार्यालयबाट पनि भूकम्प पीडित संचारकर्मीहरुलाई पाल तथा टेन्ट वितरण गरिएको जानकारी दिनुभयो ।

यसैगरी गृह मन्त्रालयबाट महासंघलाई प्राप्त १ सय ८० थान त्रिपाल, चार वटा चाइनिज टेन्ट, १० वटा म्याट्रिससहितका राहत सामग्री भूकम्पपीडित पत्रकारहरूलाई महासंघका शाखामार्फत वितरणका लागि उपाध्यक्ष खिलबहादुर भण्डारी, कोषाध्यक्ष सूर्यमणि गौतम, लेखा समिति संयोजक दीपक पाण्डेलगायतको टोली काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीतर्फ प्रस्थान गरेको छ ।