१५ कार्तिक २०८३, आइतबार

सरकारले १३ जिल्लामा १९ करोड ३० लाख राहत रकम पठायो (विवरणसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rahat-rakam काठमाडौं, २७ वैशाख । सरकारले भूकम्प पीडितका लागि  १३ जिल्लामा १९ करोड ३० लाख रुपैयाँ राहत रकम पठाएको छ । गृह मन्त्रालयले १३ जिल्लाको जिल्ला प्रशासन कार्यालयमा शनिवार उक्त रकम पठाएको हो ।

मन्त्रालयले सबैभन्दा बढी रामेछापमा ७ करोड राहत रकम पठाएको छ भने सबैभन्दा कम म्याग्दी, मनाङ र रुकुममा ५,५ लाख पठाएको छ । उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत प्रभावित क्षेत्र र जनताको उद्धार तथा पुनस्र्थापनाका लागि खर्च गरीने गृह मन्त्रालयले जनाएको छ । यो प्रारम्भिक राहत रकम भएको र थप रकम निकासा हुने वित्तिकै अन्य प्रभावित जिल्लामा पठाइने उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले बताएका छन् ।

कुन जिल्लामा कति रकम पुग्यो ?

रामेछाप– रु. ७ करोड                                दोलखा– रु. ५ करोड
ओखलढुङ्गा– रु. २ करोड                          पाल्पा– रु. १ करोड
लमजुङ– रु. १ करोड                                  तनहुँ– रु. १ करोड
सोलुखुम्बु– रु. १ करोड                              चितवन– रु. ५० लाख
पर्वत– रु. ५० लाख                                    धनकुटा– रु. १५ लाख
मनाङ– रु. ५ लाख                                     रुकुम– रु. ५ लाख
म्याग्दी– रु. ५ लाख