२९ आश्विन २०८३, बिहिबार

भूकम्प पीडितलाई प्रवासी नेपाली मञ्च ओमानको राहत सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onf omanओमान मस्कट । ओमानमा रहेका प्रवासी नेपालीहरुले भूकम्पपीडितका लागि राहत सहयोग संकलन गरेर नेपाल पठाएका छन् ।

ओमानमा रहेका नेपालीको संगठन प्रवासी नेपाली मञ्चले महाभूकम्पबाट प्रभावित क्षेत्रका पीडितको सहयोगार्थ १ लाख २ हजार रुपैयाँ संकलन गरी शुक्रबार नेकपा (एमाले)को केन्द्रिय प्राकृतिक प्रकोप विपत्ति राहत कोषको खाता नं ०२१०३००७१७९१७०१० मा जम्मा गरेको हो ।

मञ्चका महासचिब सोमकृष्ण श्रेष्ठले दिएको जानकारी अनुसार यो राष्टि«य विपत्तिमा मञ्चले श्रमिक दिवस कार्यकम स्थगित गरेर राहत संकलन कार्यलाई तिब्रता दिएको थियो ।

मञ्चको मासिक बैठक शुक्रबार ओमानको मस्कट स्थित रूसेल गार्डेनमा बसेको थियो । अध्यक्ष गगन कार्कीको अध्यक्षता र महासचिब सोम्कृष्ण श्रेष्ठको सञ्चालनमा सम्पन्न बैठकमा विनाशकारी भूकम्प पीडितलाई कसरी सहयोग गर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरूले भूकम्प पीडितलाई सहयोग गर्न तयार र मुख्यतया नेपाली राजदूताबास ओमानद्वारा संचालित राहत संकलन कार्य र मञ्चद्वारा संचालित राहत संकलन कार्य दुबैलाई निरन्तरता दिने निर्णय भएको थियो ।

राहत दिने केहि सहयोग दाताहरूको निजि स्वार्थ देखिएकोले त्यसको बारेमा सम्बन्धित निकायहरूको ध्यान केन्द्रित गराउने हेतु ले प्रेस बिज्ञप्ती निकाल्ने जस्ता निर्णयहरू भएका थिए ।

मञ्चका अध्यक्ष गगन कार्कीले राहत संकलन कार्य जारी रहेको र मञ्चका सम्पूर्ण सदस्यहरू सो कार्यमा निरन्तर लागिरहनको लागि निर्देशन दिनुभएको थियो ।

दोस्रो चरणको सहयोग पनि छिटै जम्मा गरिने बताउँदै सहयोगी हातहरूलाई धन्यवाद दिनुभयो । साथै नेपाली राजदूताबास ओमानद्वारा संचालित राहत संकलन कार्यमा पनि मञ्चले राहत संकलन गरिरहेको र संकलित रकम नेपाली राजदूताबास ओमानमै हस्तान्तरण गरिने बताउनुभयो ।

maun 0boxrahat kosh