१६ कार्तिक २०८३, सोमबार

काठमाडौंमा फेरि भूकम्पको झट्का, स्थानीयले घर छाडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampaकाठमाडौं, २७ वैशाख । गत वैशाख १२ गतेको विनाशकारी महाभूकम्प गएको १५ दिनपछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा फेरि भूकम्पको धक्का महसुस भएको छ । आइतबार दिउँसो ३ बजेर २३ मिनेटमा भूकम्पको कडा धक्का महसुस भएको हो ।

भूकम्पको धक्का महसुस भएपछि काठमाडौंमा स्थानीय घर छाडेर बाहिर तिर खुला चौरमा गएका छन् । काठमाडौं नजिकै रहेको काभ्रेलाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो भूकम्पले काठमाडौंका घर हल्लाएको घर छाडेर खुला चौरमा गएका स्थानीयले बताएका छन् । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।