
काठमाडौँ, २७ वैशाख । बैशाख १२ गते र त्यसपछिका भूकम्पका धक्काले विश्वको सर्वोच्च शिखर सगरमाथाको एचाई एक मिटर कम भएको बैज्ञानीकहरुले बताएका छन् ।
लगातारको भूकम्पले सगरमाथाको एउटा भागको उचाई एक मिटर कम गराएको हो । एभरेष्ट क्षेत्रमा राखिएको स्याटलाईत मार्फत खिचिएको फोटोहरुको अनुसन्धान गर्दा वैज्ञानिकहरुले यस्तो पाएको वीवीसीले जनाएको छ ।
संयुक्त राष्ट्र भूगर्भीय सर्वे (यूएसजीए)का अनुसन्धानकर्ता रिचर्ड ब्रिग्सले भूकम्पले काठमाडौँको उत्तर पश्चिममा पर्ने लाङ्टाङ, पश्चिममा पर्ने गणेश हिमाल लगायतको उचाई पनि निकै कम भएको बैज्ञानिकहरुको दावी छ । । भूकम्पपछिको तस्वीरलाई भूकम्प अघिको तस्वीरसँग तुलता गरेर बैज्ञानीकहरुले पहाडी क्षेत्र ०.७ मिटर तराई क्षेत्र १.५ मिटल तल भासिएको बताएका छन् । काठमाडौं सहित दक्षिणी पहाडी क्षेत्र भूकम्पपछि माथि उठेको बैज्ञानिकहरुको निष्कर्ष छ ।












प्रतिक्रिया