काठमाडौं, २७ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएन)का पूर्व अध्यक्ष तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लिमिटेड कम्पनीका अध्यक्ष देवमान हिराचनले भूकम्पपीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
विनाशकारी महाभूकम्पबाट भएको मानवीय क्षति तथा भौतिक संरचनाहरुको पुनर्निर्माणको लागि अध्यक्ष हिराचनले आइतबार ९ करोड रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
अध्यक्ष हिराचनले जारी गरेको विज्ञप्तिमा देशले ठूलो संकट बेहोर्नु परेको र यस्तो दुःखको घडीमा एउटा नेपालीलाई पर्दा अर्को नेपालीले हेरेर बस्न नमिल्ने भन्दै धेरै क्षतिग्रस्त भएका जिल्ला मध्ये सिन्धुपाञ्चोकको कुनै एक गाँउको घर तथा विद्यालय निर्माणमा यो पैसा खर्च गरिने कुरा उल्लेख गरेका छन् ।
साथै महाभूकम्पबाट क्षतिग्रस्त भएका सबै जिल्लाका मानिसहरुको जिवनस्तर उकास्नको लागि जापानी कृषि प्राविधिकलाई नेपाल ल्याउने, मल, विउँ दिएर सहयोग गर्ने पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।
अरु क्षेत्र भन्दा कृषि क्षेत्रबाट छिटो लाभ लिन सकिने भएकाले पीडितरुलाई सजिलो हुने बताएका छन् । साथै हिराचनको अध्यक्षतामा स्थापना भएको कम्पनी ग्लोबल क्यापिटल इन्भेष्टमेन्ट लिमिटेडले काठमाडौँको रामकोट र नुवाकोटमा पनि भूकम्प पीडित जनताहरुलाई टेन्ट, चामल, चाउचाउ, तेल, आलु लगायत अन्य खाद्यान्न सामानहरु वितरण गरिसकेको छ ।
‘त्यसैगरी मृतक परिवार प्रति समवेदना व्यक्त गर्दै पीडादायी घटनाले छट्पटाई रहेको मानविय समवेदनालाई ध्यानमा राख्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’ हिराचनले भने ।















प्रतिक्रिया