१६ कार्तिक २०८३, सोमबार

मनकारी महर्जनको साहस ! ढल्दै गरेको धरहराबाट यसरी उठाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dharara-ktmकाठमाडौँ, २७ वैशाख । ‘ऐया… ! मरेँ आमा !, मरेँ… ! ’ बच्चाको आवाजले नारायणगोपाल महर्जनको मन द्रविभूत भयो । धरहरा नजिकै बसको टिकट बेच्न बस्नु भएका मनकारी महर्जन भूकम्पको झड्कासँगै ढलेको धरहराको भग्नावशेषबाट आइरहेको आवाजतर्फ लाग्नुभयो उद्धारमा जुट्नुभयो ।

भग्नावशेषमा हेर्दा १०/१२ वर्षका बच्चासँगै उनका आमाबुबा पनि घाइते भएका थिए । उहाँले तत्काल दयाराम सापकोटा, केशव चौलागाइँको सहयोगमा बच्चालाई आमा बुबासहित सकुशल उद्धार गर्नुभयोे ।

“पहिले चिच्याइरहेका उनीहरु बाहिर निकाल्दासम्म बेहोस् भैसकेका थिए । केही समयमा ५-६ जना प्रहरी आएपछि ट्याक्सीमा हालेर अस्पताल पठाइयो र थप घाइतेको उद्धारतिर हामी जुट्यौ”, यही वैशाख १२ गतेको त्रासदीपूर्ण भैँचालो र त्यसले निमेषभरमाम धुलोमा परिणत गरेको राजधानीको धरोहर धरहरा ढलेपछिको गरिएको उद्धारको विवरण सुनाउँदै भन्नुभयो ।

धरहरा पश्चिमतिर रहेका मुस्लिम समुदायका सबै भाग्न सफल भएपनि नजिकैको पञ्जावी ढावा सञ्चालक बाबु छोरासहित पाँचजना कामदारको इहलीला समाप्त भएको महर्जनले टुलुटुलु हेर्नुपर्‍यो– बच्चाको उद्धारमा जुट्दा ।

“धरहराको टुप्पोमा पुगेका केही पश्चिमतिरका टहरामा उछिट्टिए । भाग्न खोजेका प्रायः सबैको ज्यान गयो । केही धराहराकै जालीमा समाएर बसे, घाइते भए पनि उनीहरू जीवित भए” त्यो कालो दिनको पीडा र त्रासदी सुनाउँदै उहाँले भन्नुभयो ।

त्यहीबेला उहाँले ललितपुरको हरिसिद्धिस्थित घरमा रहेका आफ्ना बालबच्चा र श्रीमतीलाई सम्झनुभयो । आत्तिएका महर्जनले एक हातले घरमा फोन गर्दै अर्को हातले उद्धार गर्न थाल्नुभयो । जब महर्जनले आफ्ना परिवार सकुशल रहेको थाहा पाउनुभयो दुवैहात उद्धारमा जुटे । रासस