१६ कार्तिक २०८३, सोमबार

नेपाली सञ्जिता प्रधान बराक ओबामाको सल्लाहकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjita-pradhan1एजेन्सी । अमेरिकी राष्ट्रपति वाराक ओवामाले नेपाली मुलकी सञ्जिता प्रधानलाई आफ्नो सल्लाहकारको रुपमा नियुक्ति गरेका छन् । एसिया प्यासिफिक आइसल्याण्डरको तर्फबाट ओवामाले शनिवार प्रधानलाई सल्लाहकारमा मनोनित गरेका हुन् ।

प्रधान सल्लाहकारमा मनोनित भए लगत्तै नेपालको गरिमा थप चुलिएको छ । ओवामाले प्रधानलाई सल्लाहकारमा मनोनित गर्दै आफु नयाँ मनोनित सदस्यहरुसँग काम गर्न उत्सुक रहेको बताएका थिए । प्रधान अमेरिका स्थित आयोवामा बस्दै आएकी छिन् ।

प्रधानले कम्प्युटर सेक्टरमा करिअर बनाए पनि समाजसेवामा लामो समय लगानी गरेको वताएकी छिन् । प्रधान २०१३ देखि आयोवामा एसिया प्सासिफिक आइसल्याण्डर अफेयर्स अन्तर्गत मानव अधिकार प्रमुखको रुपमा कार्यरत छिन् । प्रधानले भारतको इण्डिया इन्टिच्युट अफ टेक्नोलोजीमा आफ्नो अध्ययन पुरा गरेकी थिइन् । उनी भारतबाट अमेरीका पुगेसँगै सामाजिक काममा शक्रिय हुन थालेकी हुन् । उनले शरणार्थी व्यवस्थापनमा पनि लामो सयम काम गरेकी थिइन् ।

sanjita-pradhan