२९ आश्विन २०८३, बिहिबार

सीडियोको निर्देशनमा एसपी, डिएसपीसहित ४३ सरकारी अधिकारी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

police-inceptorकाठमाडौं, २७ वैशाख । भारतको उत्तरप्रदेश राज्यको कौशांबी जिल्लामा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षकसहित ४३ जना अधिकारीलाई गिरफ्तार गरिएको छ ।

आफ्नो जिम्मेवारी पूरा नगरेको र शान्तिसुरक्षा भंग गरेको आरोपमा एसपी डिएसपीसहित ४३ जना सरकारी अधिकारीलाई गिरफ्तार गरिएको कौशांबीको प्रशासनले जनाएको छ ।

कौशांबीका प्रमुख जिल्ला अधिकारी डीएम राजमणि यादवको निर्देशनमा सरकारका उच्च अधिकारीसहित ४३ जना कर्मचारी पक्राउ परेको भारतीय सञ्चारमाध्यम एबीपीले उल्लेख गरेको छ । पक्राउ गरेकाहरुको नाम सार्वजनिक गरिएको छैन् ।

उनीहरुलाई सीआरपीसीको धारा अनुसार पाबन्दमा राखेर जिम्मेवारी बोध गराउन गिरफ्तार गरिएको डीएम यादवले जानकारी दिनुभयो । काममा लापरवाही गर्ने अधिकारीलाई जिम्मेवारी बोध गराउने यो तरिक अपनाइएको विश्वमै पहिलो पटक हो ।

यसका साथै कौशांबी प्रशासनले पक्राउ परेका सबै अधिकारीलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराउने निर्णय गरेको छ । एक लाख नर्तिने अधिकारीलाई ६ महिनासम्म जेलमा राखिने बताइएको छ ।

उनीहरुलाई राम्रो सँग काम गर्न यसअघि बशांली प्रशासनले चेतावनी समेत दिँदै आएको थियो । चेतावनी नमानेपछि बाध्य भएर जिम्मेवारी बोध गराउन गिरफ्तार गरेको प्रशासनले जनाएको छ । एजेन्सी