२९ आश्विन २०८३, बिहिबार

दुलही ल्याउन गएका दुलाहाले भाउँजूसँग सुहागरात मनाउन खोजेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

marriage-couple-55085cd496ad4_exlstकाठमाडौं । विवाह गर्न जन्ती लिएर गएका एक दुलाहाले दुलही छाडेर दुलहीकी भाउजूमाथि दिउँसै जबरजस्ती सुहागरात मनाउन खोजेको खुलासा भएको छ ।

दुहली ल्याउन जन्तीसहित विहान घरबाट निस्केका दुलाहाले दुलहीकी भाउजूलाई मन पराएर जबरजस्ती सुहागरात मनाउन खोजेको खुलासा भएको हो ।

यो घटना शुक्रबार बान्दा जनपदको खपटीहा गाउँमा भएको हो । जहाँ विवाहका लागि दुलही तयार हुदैथिईन् । दुलाहाले आफ्ना मित्रसँग मदिरा सेवन गरेका थिए ।

मदिरामा मात्तिएका दुलाहाले दुलहीकी भाउजूलाई सुन्दर देखेपछि अभद्र व्यवहार गरी जबरजस्ती सुहागरात मनाउने कोसिस गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । जसका कारण दुलही नल्याएर जन्ती फिर्ता भयो ।

बान्दा जनपदको खपटिहा गाउँका जागदेव साहूले आफ्नी छोरी राधाको विवाह बान्दाको चटगन गाउँका रामभजनसँग गरिदिन लागेका थिए । शुक्रबार रामभजन जन्ती लिएर राधाको घर पुगेका थिए । जहाँ जन्तीहरुसँग दुलाहा रामभजनले पनि जमेर मदिरा सेवर गरे । मदिराको नशामा मस्त रामभजनले दुलहीकी भाउजूसँग अभद्र व्यवहार गर्दा विवाह मण्डपमा हंगामा मच्चियो ।

त्यही समयमा दुलही राधाले विवाह नगर्ने फैसला सुनाईन् । प्रहरी र दुलाहा पक्षले सम्झाउन खोज्दा पनि उनले विवाह गर्न मानिनन् । जसका कारण दुलही नलगेरै जन्ती घर फर्किनुपर्‍यो । एजेन्सी