काठमाडौं, २७ वैशाख । सरकारी कर्मचारीले पालना गर्नुपर्ने केही नियम छन् । समयमै कार्यालयमा हाजिर हुनुपर्ने । कार्यालय समयमा धुम्रपान तथा मध्यपान गर्न नपाउने । सेवाग्राहीसँग घुस लिन नपाउने ।
यस्ता धेरै नियमहरु कर्मचारी हुनुपूर्व नगर्ने कसम खाएर सर्वसाधारण नागरिक भर्ती हुन्छ । यो नियम नेपालमा पनि छ, तर पालना भएको छैन् । नेपालका सरकारी कार्यालयका कर्मचारीका लागि धुम्रपान मध्यपान त सामान्य कुरा हो ।
केही ठाउँमा सरकारी कर्मचारीले कार्यालयमै चलचित्र समेत हेर्ने गरेका छन् । यो त भयो नेपालको कुरा । तर छिमेकी देश भारतमा यि सबै नियमलाई कडाईका साथ लागू गरिएको छ । नियम उल्लङघन गर्ने कर्मचारीलाई तत्कालै कारवाही हुन्छ ।
भारतको दिल्ली सरकारले कार्यालयमा गुट्का खाएको भन्दै एक सचिवलाई पदबाट बर्खास्त गरेको छ । दिल्लीमा बहुमतका साथ सरकार चलाइरहेको आम आदमी पार्टीका संयोजक एवं मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली डायलग कमीशन (दिल्ली सम्वाद आयोग)का सदस्य सचिव आशीष जोशीलाई पदबाट बर्खास्त गरेका छन् ।
दिल्ली सरकारले केन्द्र सरकारका अफिसर आशीष जोशीलाई कार्यालयमा गुट्खा खाएको र चुरोट पीएको आरोपमा बर्खास्त गरेको भारतीय सञ्चारमाध्यम एबीपी न्यूजले लेखेको छ । ऐजेन्सी















प्रतिक्रिया