टुँडिखेल पुगेर थाकेको खुट्टालाई बिसाए । धराहरातिर आँखा फर्काए । अब त धराहराको टुप्पो कहाँबाट देखिनु । केही छिन अगाडि आफ्नै आँखाले भग्नाअवशेष देखेर पनि पत्यार नलाग्ने । कतै भेटिन्छ की भनेर आँखाले धराहरालाई नै खोजिरहे ।
आँखा टुँडिखेलमै फर्काए, अनि नेपालीको दुःखलाई भित्रैदेखि अनुभुत गरे । टुँडिखेल भरी मानिसहरु त थिए । तर उनीहरु कसैमा चैन थिएन, उत्साह थिएन । थियो त केवल भय मात्र । भय पनि यस्तो थियो की, जती बेलै, ‘लौ भूकम्प अयो..’ भन्थे ।
अपरिचित जमातमा म एक्लै थिएँ । साथी खोज्दै हिँडे । एक छिन त दुःख साट्ने साथी पनि भेटिन् । एउटा कुनामा पल्टिए । त्यहीँ निदाएछन् आँखाहरु । राती १२ बजेको भूँइचालोले ब्यूँझाइहाल्यो । यहि भूँइचालो हो, जसले हजारौ नेपालीलाई कहिल्यै नब्युझने स्लीपिङ ट्यावलेट दियो ।
चन्द्रमाका प्रकाश छरपष्ट छन् । र पनि आँकाश कालै छ । जसरी दिउँसोको भुँइचालोले नेपालीको मन कालो बनाएको छ । पानीका स–सना छिटाहरुले मानिसहरुलाई थप त्रसिद बनााईरहेछ । भूकम्पको त्रास त छदै छ । टुँडिखेल कुनै होमस्टे भन्दा कम देखिएको छैन् । कोही तास खेलिरहेका छन्, कोही केही हुस्कीको गफमा मस्त छन् । कति घरवार गुमाउँदाको पीडा पोख्दैछन् । म टुक्रुक्क बसेर एक तमास्ले सबैलाई नियालीरहेको छु ।
भूँइचालोले क्षत विच्छेद भएका नागरिकलाई, वर्षाले थप पीडा थोपर्दै छ । दिउँसैदेखि जोहो गरेर, सबै त्रिपाल मुनि सुतिरहेका छन् । उनीहरुमाथि पनि चुहिन थाल्यो, पानी । छिमेकी दिदी डेरा जाने भईन्, सबै सामान बोकेर । मैले भने, ‘ओछ्याउने म्याप छाडिदिनुस्, भोलि विहान पुर्याइदिन्छु ।’ उनले जवाफ फर्काइन्, ‘मलाई चाहिन्छ ।’ मैले कर गर्नुको औचित्य ठाँनिन् । लाग्यो कसैको मन त पत्थर हुँदो रहेछ ।
तीन जना पर्यटकले सिरक ओडेका छन्, सिरक नै ओछ्याएका हेर्दा अमेरिकन जस्ता देखिने । मस्त निद्रमा छन्, मलाई त उनीहरुको निद्रा देखेर डाहा लाग्यो । पानीको छिटा चल्न थाल्यो । उनीहरु झस्कीए र जर्याक जुरुक उठे । अनि विस्तारा पोको पारेर एकातिर लागे । मलाई त हाँसो उठ्यो । मस्त हाँसे, एक्लै ।
मौसम चिसो छ, ओड्ने ओछ्याउने कपडा पनि छैन् । परिचित साथी पनि छैन् । कतिवेला लाग्छ, ‘यी सबै मेरा साथी हुन् । हामी सबैको पीडा एउटै न हो, हामी सबै नेपाली न हौँ ।’ अलि टाढा रातो आगो देखे । त्यतै लागे । कक्रिएको शरीरलाई खुसी बनाउन ।
त्यही भेटिए पूर्व, पश्चिमका अपरचित मित्र । गफैगफ उज्यालो परियो । बिहान ५ बजे डेरा हिडेको, डेरा नपुग्दै भूँइचालोले अर्को झट्का दियो । खुट्टा कामे, शरीर थर्थराए । कोठासम्म पुग्न पनि मानेन मन । उतैबाट सिंहदरवार नजिकैको चौरमा पुगे ।
चौरमा रात-२
गोजी रित्तै छ । कोठासम्म पुग्न पनि सक्दिन् । शहर सुनसान छ, बैंक बन्द । एक मारवाडी परिवारले खानाको व्यवस्था गरेछ । त्यहीँ छाक टारे । भूँइचालो यत्र, तत्र, सबत्र छ । इन्टरनेट छैन, विजुली छैन, मन त्यस्तै उदास छ । र पनि उदास मन लिएर अनलाईनमा केहि न्यूज अपडेट गरियो । फर्कीएर कोठामा जान सकिन् । भईचालो पछिको दोस्रो रात सिंहदरवारको चौरमा बिताउने भैयो ।
बेलुकीको छाक पनि मारवाडी परिवारले नै टारिदियो । चिसो मौसममा तातो पेट लिएर छिमेकीसँग बसे । भूँइचालोले क्षत विच्छेद भएका नागरिकलाई, वर्षाले थप पीडा थोपर्दै छ । दिउँसैदेखि जोहो गरेर, सबै त्रिपाल मुनि सुतिरहेका छन् । उनीहरुमाथि पनि चुहिन थाल्यो, पानी । छिमेकी दिदी डेरा जाने भईन्, सबै सामान बोकेर । मैले भने, ‘ओछ्याउने म्याप छाडिदिनुस्, भोलि विहान पुर्याइदिन्छु ।’ उनले जवाफ फर्काइन्, ‘मलाई चाहिन्छ ।’ मैले कर गर्नुको औचित्य ठाँनिन् । लाग्यो कसैको मन त पत्थर हुँदो रहेछ ।
आगो ताप्दै गर्दा त्रिपालमुनिबाट बच्चाको चिच्याहट निस्कन्छ । आमा थमथमाउँदै छिन्, आफ्नो प्यारो सन्तानलाई । आफु चिसिएर भए पनि सन्तानलाई तातो बनाउन निकै प्रयास गरिरहेछिन् उनी । केही समयपछि आमा चाँही निदाइछिन्, बच्चा भने रुदै छ । पछि थाहा पाए, पाँच दिन पहिलेमात्र त्यो बच्चाले संसार देखेको रहेछ । उनीहरु ठमेलबाट ज्यान जोगाउन सिंहदरबार आएका छन् । लाग्यो ‘मैले त के सास्ती भोग्नु, जति हुन त ती सुत्केरी आमा र शिशुलाई भएको छ । नेपालमा कति आमाहरुको हरिविजोग भयो होला ।’
पानी रोकिएन । सँगैको प्रहरी कार्यालयमा टाउको लुकाए । त्यही निदाएछु । पछि व्यूँझिए । ब्यूँझदा विहान जस्तै लाग्यो र वाहिर निस्कीए । तर भर्खर रातको १० बजेछ । कहिलेकाही त समय पनि कति लामो भएको । फेरि आगोकै खोजिमा हिँडे । राजधानीमा ग्यासको खोजीमा त धेरै पटक तड्पीयौँ । तर अहिले आगोको खोजिमा भौतारिनु पर्यो । एक ठाउँ पुगेर रोकिए । जहाँ आँगोको सानो उज्यालोले निस्पट्ट अँधेरीलाई चिर्ने दुस्साहास गर्दै छ ।
आगो ताप्दै गर्दा त्रिपालमुनिबाट बच्चाको चिच्याहट निस्कन्छ । आमा थमथमाउँदै छिन्, आफ्नो प्यारो सन्तानलाई । आफु चिसिएर भए पनि सन्तानलाई तातो बनाउन निकै प्रयास गरिरहेछिन् उनी । केही समयपछि आमा चाँही निदाइछिन्, बच्चा भने रुदै छ । पछि थाहा पाए, पाँच दिन पहिलेमात्र त्यो बच्चाले संसार देखेको रहेछ ।
उनीहरु ठमेलबाट ज्यान जोगाउन सिंहदरबार आएका छन् । लाग्यो ‘मैले त के सास्ती भोग्नु, जति हुन त ती सुत्केरी आमा र शिशुलाई भएको छ । नेपालमा कति आमाहरुको हरिविजोग भयो होला ।’ ती बच्चा रुदाँ नेपाल रोए जस्तो लाग्यो, नेपाल आमा रोइँन जस्तो लाग्यो । त्यो रात पनि त्यसरी नै बित्यो, जसरी अघिल्लो रात कटाए । विहान कोठामा पुगे । डरलाई एकतिर थन्क्याएर जीवनलाई सामान्यकरण गर्नतर्फ लागे । त्यसपछिको रात कोठामै बित्न थाल्यो, दिन अफिसमा ।














प्रतिक्रिया