२९ आश्विन २०८३, बिहिबार

माओवादीद्धारा ६ सय सर्वसाधारणको अपहरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

moustकाठमाडौं, २७ वैशाख । भारतको छत्तिसगढमा विद्रोही माओवादीले ठुलो संख्यामा गाउँलेको अपहरण गरेका छन्। माओवादीले करिब ६ सय सर्वसाधारणको अपहरण गरेको हुनसक्ने बीबीसीले जनाएको छ ।
तर केही रिपोर्टका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको आमसभामा भाग लिन जान लागेका सर्वसाधारणलाई आमसभामा जान माअाेवादीले  रोक लगाएका  छन् ।  अपहरित सबै जना सुकमा जिल्ला मरेंगा गाउँमा सर्वसाधारण हुन्। उनीहरु दन्तेवाडामा शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने आम सभामा भाग लिन जाँदै थिए। राज्यका गृहमन्त्री रामसेवक पैंकराले भने,’माओवादीले भाजपामा कार्यकर्तालाई अपहरण गरेका छन्। कति जनालाई अपहरण गरेका छन भन्ने अहिले कुनै स्पष्ट छैन।’

तर राज्य प्रहरी प्रमुखले भने माओवादीले सडक निर्माणमा लागरिहेका मजदुरको अपहरण गरेको बताएका छन्। उनका अनुसार मजदुरको अपहरणपछि माओवादीसँग वार्ता गर्न तथा अपहरणमा परेका मजदुर छुटाउन अन्य मजदुर माओवादीसमक्ष गएका छन्।

यसैबीच माओवादीले दन्तेवडामा कनालुर नजिकको रेलको लिग बम प्रहार गरी क्षति पुर्याएका छन्। बानपारमा डक निर्माणकार्यमा प्रयोग भइरहेका मिक्सर मेसिनमा माओवादीले आगजनी गरेका छन्। शनिबार दन्तेबडामा प्रधानमन्त्री नरेन्द्र मोदीले आमसभालाई सम्बोधन गरेका छन्। सो समयमा दन्तेवडाको सुरक्षा व्यवस्था निकै कडा पारिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

सभालाई मध्यनजर गर्दै सभास्थलको दश किलोमिटरसम्मको एरियामा अर्थसैनिक बलका ११ हजार जवानलाई तीन दिनदेखि परिचालन गरिएको थियो।सो इकालामा संचालन हुँदै आएका रेल गाडी सात मेदेखिनै बन्द गरिएको थियो। सुरक्षा व्यवस्था कडा पारेपनि माओवादीको हिंस्रक घटनामा कुनै कमी नआएको बीबीसीले जनाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।