२९ आश्विन २०८३, बिहिबार

आईपीएलमा कोलकत्ता शिर्ष स्थानमा उक्लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kolkataकाठमाडौं, २७ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा कोलकत्ता नाईडराईडर्सले रोमाञ्चक जित हात पारेको छ । शनिवार राति साँझ घरेलु मैदानमा आन्द्रे रसेल ५१ रनको मद्दतमा कोलकत्ताले किंग्स इलेवन पंजाबलाई १ विकेट पराजित गरेको हो ।

घरेलु मैदान ईडेन गार्डंसमा टस जितेर पहिले व्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । कोलकत्ताका लागि आन्द्रे रसेलले २१ बलमा सर्वाधिक ५१ रनको पारी खेले ।

१८४ रन लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको पञ्जाब २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १८३ रनमा समेटिएको थियो । कोलकत्ताले १ रन बाँकी छँदै जित निकालेको हो ।

यो जित सँगै कोलकत्ता १२ खेलबाट १५ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । ११ खेलबाट १४ अंकसहित चेन्नई दोस्रो स्थानमा झरेको छ । १२ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स तेस्रो स्थानमा छ । एजेन्सी