यूएई । सुदूरपश्चिम सेवा समाज यूएईले नेपालका भूकम्प पीडितका लागि साढे पाँच लाख रुपैयाँ राहत संकलन गरी पठाएको छ ।
नेपालमा वैशाख १२ गते आएको विनाशकारी महाभूकम्पबाट हजारौ घर परिवार गुमाएर महाविपत्तीमा गुर्जिरहेका नेपालीहरुको सहयोगका लागि समाजले यूएईबाट ४ लाख ७९ हजार २ सय ३४ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाएको हो ।
राहत प्रदान कार्यक्रममा भूकम्पले घरबार गुमाएकी सिन्धुपाल्चोक मानेश्वोरकी मिना भण्डारीलाई पनि सुदूरपश्चिम समाजले ७३ हजार ६ सय १७ रुपैँया राहत सहयोग गरेको छ । नेपालका भूकम्प पीडितलाई समाजले जम्मा ५ लाख ५२ हजार ८ सय ५१ रुपैयाँ सहयोग गरेको अध्यक्ष शिबराज जैशीले जानकारी दिए ।
भूकम्प पीडितलाई केहि राहत होस् भनेर समाजले आफ्ना पदाधिकारी तथा अन्य संघसस्थाबाट संकलन गरी पीडामा परेका नेपाली दाजूभाईलाई सक्दो राहत सहयोग पठाएको उनले बताए ।
उनका अनुसार समाजले उक्त रकम प्रधानमन्त्री राहत कोषको खाता नं 00101102200012 मा जम्मा गरेर नेपालका भूकम्प पीडितलाई पठाएको हो ।


















प्रतिक्रिया