२९ आश्विन २०८३, बिहिबार

आईपीएलमा मुम्बईको ऐतिहासिक जित, चेन्नई ५ विकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mumbai-Indiansकाठमाडौं, २६ वैशाख । गत अप्रिल ८ गतेबाट सुरु भएको अठौं संस्करणको ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा शिर्ष स्थानमा रहेको चेन्नई सुपर किंग्सलाई पराजित गर्दै मुम्बई ईण्डियन्सले ऐतिहासिक जित हात पारेको छ ।

शुक्रबार राति चेन्नईको घरेलु मैदानमा मुम्बईले उसलाई ५ विकेटले पराजित गरेको हो । आईपीएल क्रिकेटमा चेन्नईको यो पहिलो हार हो । टस जितेर पहिले व्याटिङ गरेको चेन्नईले पूरा ओभर खेल्दै ५ विकेट गुमाएर १५८ बनाएको थियो ।

१५९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको मुम्बईले ४ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । मुम्बईका लागि पार्थिव पटेलले सर्वाधिक ४५ रनको योगदान गरे । लेन्डल सिमोन्स्ले ३८ रन जोडेको मुम्बईको इनिङ्समा अम्बाती रायडुले अविजित ३४ र हार्दिक पाण्डेले अविजित २१ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले अविजित ३९ रन जोडेको इनिङ्समा पवन नेगीले २६ रनको योगदान गरे । ड्वाइने स्मिथ २७ रनको व्यक्तिगत स्कोरमा पवेलियन फर्के ।

हारपछि पनि चेन्नई ११ खेलबाट १४ अंकसहित खेल तालिकाको शिर्ष स्थानमा छ । मुम्बई भने समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ ।

एक खेल बढी खेलेको राजस्थान रोयल्स १४ अंकका साथ दोस्रो तथा साविक विजेता कोलकाता नाइट राइडर्स ११ खेलबाट १३ अंकका साथ तेस्रो स्थानमा छ । आईपीएलमा आज पनि दुईवटा खेल हुँदैछन् ।