
यु–२१ चेल्सी र लिभरपुलबीचको यस खेलबाट संकलित रकम चेल्सी फाउन्डेसनले वैशाख १२ मागोरखाको बारपाक केन्द्रबिन्दु भईगएको विनाशकारी भूकम्प पीडितको सहयोगार्थ राहत कोषमा जम्मा गर्ने जनाएको थियो। तर चेल्सी फाउन्डेसनले यस खेलबाट कति रकम संकलन भएको बारे केही खुलासा गरेको छैन।

नेपालीको बाक्लो बस्ती रहेको अल्डरसटमा भएको खेलको टिकट मूल्य तीन पाउन्ड राखिएको थियो भने बालबालिका लागि १ पाउन्डको टिकट तोकिएको थियो। बेलायतमा बसोवास गर्ने नेपालीको संस्था सहारा युकेसँगको सहकार्यमा खेल गराइएको थियो।

सहारा युके पोखरामा अनाथ तथा आर्थिक रूपमा विपन्न बालबालिकालाई एकेडेमीमा राखेर फुटबल प्रशिक्षण गराइरहेको सहारा क्लबको बेलायत प्रतिनिधि हो। चेल्सी फाउन्डेसनले टिकट बाहेक अन्य दाताका लागि रंगशाला बाहिर पनि रकम संकलन बाकस राखेको थियो।

नेपालको भूकम्पपीडितको सहयोगका लागि रियाल मड्रिड तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पनि आफ्नो आधिकारिक फेसबुक पेजमार्फत अपिल गरेका थिए। उनले भूकम्प प्रभावित बच्चाका लागि सेभ द चिल्ड्रेनमार्फत सहयोग गर्ने फेसबुक पेजमा लेखेकाछन्। सेभ द चिल्ड्रेनले नेपालमा १९७६ देखि काम गर्दै आएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया