मुम्बई । मुम्बई उच्च अदालतले शुक्रबार हिट एन्ड रन मुद्दामा बलिउड अभिनेता सलमान खानलाई जमानतमा रिहा गरेको छ । उच्च अदालतको यो फैसलापछि सलमानलाई बुधबार सेसन अदालतले सुनाएको पाँच वर्षे जेल सजाय तत्कालका लागि टरेको छ ।
तर, शुक्रबार उच्च अदालतले गरेको फैसलाले सलमानका सबै मुद्दा सकिएको भने होइन । उच्च अदालतले उनलाई मुद्दा लड्न जेलमा बस्न नपर्ने राहत मात्र मिलेको हो । सलमान आफैं शुक्रबार उच्च अदालत पुगेका थिए । त्यहाँबाट उनी सोझै घर फर्किए ।
उनको घरवरपर हजारौं फ्यान जम्मा भएका थिए । साँझ बाल्कोनीमा निस्किएर सलमानले त्यहाँ जम्मा भएका फ्यानलाई धन्यवाद दिए । सरकारी वकिलका अनुसार अदालतले सलमानलाई ३० हजार भारतीय रुपैयाँमा जमानतमा छाडेको हो ।
सलमानले आफ्नो पासपोर्ट पनि अदालतमा बुझाउनुपर्नेछ । अदालतको आदेशबिना उनी विदेश भ्रमणमा जान पाउने छैनन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।















प्रतिक्रिया