अमेरिका । डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्था, चिकित्सक, स्वास्थ्य परिचारिका तथा स्वयम सेवक टोलीले नेपाल पुगेर भूकम्प पीडितलाई द्रूत गतिमा राहत सामग्री वितरण गर्नुको साथै स्वास्थ्य परीक्षणलाई तिब्र बनाएको छ ।
उक्त टोलीको नेतृत्व गर्ने डा. मदन उप्रेतीका अनुसार अमेरिकाबाट काठमाडौँ पुगेर सिधै सिन्धुपलान्चोकमा राहत वितरण गरेको बताए ।
उक्त टोलीले सिन्धुपलान्चोकको सिपापोखरी गाउ विकास समितिका ३ हजार २ सय जनालाई राहत सामग्री वितरण गरेको बताउदै उक्त वितरण गरिएको सामग्रीले गाउँका मानिसलाई ३० दिनको लागि पुग्ने बताईएको छ ।
उक्त गाउँले भोकमारी पीडित मुक्त क्षेत्र घोषित गरेको छ । टोली संयोजक डा मदन उप्रेतीले अमेरिका नेपाल सहयोगी समाजका स्वयम् सेवक, आफुलाई बिशेष सहयोग गर्ने डा नविन शर्मा, डा दिक्षान्त शर्मा, डा सुबेश श्रेष्ठ तथा सिन्धु उत्थान केन्द्रका स्वयमसेवकले अहोरात्र खटिने सबैलाई बिशेष धन्यबाद दिदै प्रशंसा गरेका छन् ।

यसै गरि एनआरएनएको राहत सामग्री मेलम्ची तथा नवलपुर गाउँ विकास समिति क्षेत्रमा वितरण गरिएको छ । यसै गरि उक्त क्षेत्रमा ६ हजार १ सय जनालाई राहत सामग्री वितरण गरिनुको साथै २ सय ५० जनालाई स्वास्थ्य परिक्षण पनि गरिएको छ ।
डिसीका भूकम्प पीडित उद्धार टोलीलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले १ हजार वटा पाल दिएकोमा टोलि संयोजक डा मदन उप्रेतीले धन्यबाद दिएका छन् ।
राहत सामग्री वितरणको काम आर्थिक कोषको कारण हाल स्थगित गरिएको जानकारी डा मदन उप्रेतीले दिएका छन् । उक्त भूकम्प पीडित उद्धार टोलिले नेपालमा थोक मुल्यमा चामल, आलु, दाल तथा अन्य खाद्य सामग्री वितरण गरेको छ भने सिंहदरबार अगाडी मुख्यालय बनाई सकेको छ ।

















प्रतिक्रिया