मुम्बई । सलमान खान बलिउड मात्र होइनन् विश्वमै चर्चित छन् । उनका फ्यानहरु विश्वभरी छन् । चलचित्रको दुनियाँमा अनेकौ फ्यान हुन्छन् । जसले यति माया गर्छन् कि आफ्नो ज्यान दिन पनि पछि पर्दैनन् ।
त्यही मायाले सलमानका एक फ्याले आफ्नो ज्यान दिने प्रयास गरेका छन् । बुधबार मुम्बईको सेसन कोर्टमा सलमानलाई पाँच वर्षको जेल सजायँ सुनाइएपछि उनका एक फ्यानले आत्महत्याको प्रयास गरेका छन् ।
कोर्टमा फैसला हुनुअघि सिनेटा सिंह नाम गरेका २२ वर्षीय फ्यान पनि अदालत बाहिर फैसला सुन्न जहर बोकेर आत्महत्या गर्ने तयारीका साथ आएका थिए । भित्र सलमानको मुद्दामा फैसला भएर पाँचको वर्षको जेल सजायँ दिने फैसला सुनाएपछि सिनेटाले जहर खाएका थिए ।
प्रत्यक्षदर्शीले जहर खान देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी तत्कालै उनलाई जहर खानमा रोक लगाएर अस्पताल लगेको थियो । उनले सलमानलाई चिठ्ठी लेख्दै आत्महत्या प्रयास गरेका थिए ।
फ्यान आत्महत्या प्रयास गरेको दुई दिनपछि आज हाइकोर्टले उक्त सजायँ खारेज गरिसकेको छ । हाइकोर्टले सजायँ खारेज गरेपछि फ्यानहरु खुसी भएका छन् । एजेन्सी















प्रतिक्रिया