३० आश्विन २०८३, शुक्रबार

हाइकोर्टले सलमानको सजायँ खारेज गर्‍यो, अब जेल जान नपर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salman-khanमुम्बई । चर्चित मुद्दा हिट एण्ड रन केशमा पाँच वर्षको सजाय पाएका बलिउडका स्टार अभिनेता सलमान खानलाई मुम्बई हाइकोर्टको फैसलाले राहत दिएको छ ।

शुक्रबार हाइकोर्टले एक अन्तरिम आदेश जारी गर्दै सलमान सबै सजायँ खारेज गरिदिएको छ । १३ वर्ष पुरानो हिट एण्ड रन केश उनलाई मुम्बईको सेशन अदालतले पाँच वर्षको सजायँ सुनाएको थियो ।

यो फैसलापछि भारत तथा अन्तर्राष्ट्रिय बजारमा चर्काे विरोध भइरहेको छ । चर्काे विरोधतथा सेसन कोर्टले पाँच वर्षको सजाय सुनाएपनि गुहार माग्दै सलमानका वकिल हाईकोर्टमा गएपछि हाइकोर्टले आगामी १५ जूनमा फैसला गर्ने गरी सबै सजायँ स्थगित गरेको हो । एक महिनाका लागि अदालतले यो मुद्दामा कुनै फैसला नगर्न आदेश दिदै स्थगित गरेको छ ।

साथै हाइकोर्टले सलमानलाई देश बाहिर जान प्रतिबन्ध लगाइएको छ । यदी बाहिर जानुपरे अदालतको अनुमती लिनुपर्ने छ । यसअघि उनलाई पाँच वर्ष जेल सजाय सुनाइएपछि घर तथा बलिउडमा रुवाबासी नै चलेको थियो । एजेन्सी