काठमाडौं, २५ वैशाख । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा कोलकत्ता नाईडराइडर्सले अर्काे जित हात पारेको छ । घरेलु मैदान कोलकत्तामा विहीबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङमा उत्रिएको कोलकत्ताले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । कोलकोत्ताका लागि युसुफ पठानले सर्वाधिक ४२ रन बनाए ।
१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्ली २० ओभर पूरै खेल्दै ६ विकेट गुमाएर १ सय ५८ रनमा समेटिएपछि कोलकत्ता विजयी भयो । दिल्लीका लागि श्रेयास लेयरले ४० रन बनाएका थिए । घरेलु मैदानमा कोलकत्ताका पियुस चाउलाले ४ विकेट लिएका थिए ।

















प्रतिक्रिया