२९ आश्विन २०८३, बिहिबार

नेपालका भूकम्पपीडितलाई सात करोड सहयोग गर्ने रोनाल्डोको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ronaldo-football playaerकाठमाडौं, २५ वैशाख ।  स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नेपालका भूकम्पपीडित परिवारलाई सात करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।

रोनाल्डोले विशेषतः भूकम्पमा परेका बालबालिका परिवारलाई आर्थिक सहयोगका लागि रकम जुटाएको जनाएका छन् । रोनाल्डोको व्यक्तिगत सामाजिक सञ्जाल सिआर–७ मा नेपालका भूकम्पपीडित परिवारलाई सहयोग गर्न ५ हजार जनशक्ति लागेको उल्लेख गरेका छन् ।

‘हामीले पीडित परिवारका लागि ७ करोड रुपैयाँ जम्मा गरेका छौं, साथै नेपालको विपत्मा सहयोग गर्न हाम्रो संस्थानबाट ५ हजार जनशक्ति लागेका छन्’, रोनाल्डोले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।