मुम्बई । बलिउडका एक वरिष्ठ अभिनेता जेल जाँदै गर्दा पुरै बलिउड फिल्म इण्डटि्रज एक जुट भएर उसको समर्थनमा बयान दिन्छ।बलिउडको अर्का अभिनेताको जेल सजाय सुनाइन्छ, फेरि बलिउड फिल्म इण्डटि्रज एक जुट भएर उसले गरेको राम्रो काम र उ राम्रो तथा इमान्दार भएको राग अलाप्छ ।अरु त अरु चर्चित गायक अभिजितले टि्वट गर्दै सलमानको जेल सजाय सुनाएपछि आपत्तिजनक टिप्पणी गरे। बलिउडका दुनिया बडो विचित्रको छ। यहाँ एकातिर जबरजस्ती प्रतिश्पर्धा हुन्छ। अर्को तिर बाहिरको दुनियाको विरोधमा एकजुट हुने जरजस्तीको माहौल पनि छ। बलिउड फिल्म इण्डटि्रजको प्रत्येक सदस्य मुश्किलको घडीमा एक अर्कालाई बचाउन हर तरहको कोशिस गर्छन।
बाहिरबाट जति चमत्कार देखिन्छ बलिउड फिल्म इण्डटि्रज, भित्र भने पुरै खोक्रो छ। यहाँ एक अर्का नराम्रो पक्ष र गसिपबाट कोही पनि बच्न सक्दैन। बलिउड अभिनेताको अहमता यति नाजुक हुन्छ की एक सानो कुरामा पनि झगडा हुन्छ र महिनौं सम्म बोलचाल बन्द हुन्छ।बलिउडमा पैसा बोल्छ। यहाँ सपना बन्ने र टुट्नेको एक फ्याक्ट्री हो बलिउड। प्रगति र सफलता प्राप्त गर्न जति चाँडो सकिन्छ, असुरक्षा र जलनको अनुभव पनि उत्तिकै ज्यादा हुन्छ ।
आखिर के हो त बाहिर देखिने एकताको राज?
तीन खान (शाहरुख, अमिर र सलमान) बाहेक संजय दत्त, ऋतिक रोशन र केही अन्य कलाकारको सफलतामा बलिउड फिल्म इण्डटि्रज टिकेको छ। बलिउडमा यस्तो पनि भनाइ छ, सलमान खानले साइन गरेपनि फिल्म फ्लप नै भएपनि निर्माता निर्देशकलाई आर्थिक नोक्सान हुँदैन।यी केही सफल कलाकारको नामसँग इण्डटि्रजका निर्माता निर्देशकको अवाला कतिपय फिल्म परिवारको भविष्य जोडिएको हुन्छ। यसै कारण जव दुई वर्ष पहिला संजय दत्तलाई जेल सजाय सुनाइयो तब पुरा फिल्म उद्योग उनको समर्थनमा खडा भयो, यसमा स्वयं सलमान खान पनि शामिल थिए।
अर्को कुरा संजय र सलमान बलिउड फिल्म उद्योगमा निकै लोकप्रिय छन्। बाहिर दुनियमा उनीहरु खबार भएपनि बलिउडमा सबैलाई थाहा छ उनीहरु दिलदार छन्। होश भन्दा धेरै जोशमा काम गर्छन। अर्को कुरा यो पनि हुनसक्छ, अहिले बलिउड विभिन्न खेमामा विभाजित छ। तर दुखको समयमा सधैंभरी एक अर्कालाई साथ दिन्छ। क्याम्प फलो गर्नु बलिउडको सबैभन्दा ठुलो कुरा हो। आजको नागरिक दैनिकमा समाचार छ ।















प्रतिक्रिया