मुम्बई । नेपालका महानायक राजेश हमालले विवाह नगर्दा दर्शकलाई खुबै खुल्दुली भएको थियो । कि राजेश हमालले कहिले विहे गर्लान । को सँग गर्लान् । तर उनले गएको जेठमा विवाह गरेसँगै यो खुल्दुली मेटिएको थियो ।
तर बलिउडका चर्चित अभिनेता सलमान खानले अझै सम्म पनि विवाह गरेका छैनन् । उनका दर्शक अहिले पनि त्यो प्रश्न गरिरहन्छन् । आखिर ५० वर्षको उमेर पुग्दा पनि सलमानले किन विवाह गरेनन् ? करिब दुई दशकदेखि बलिउडमा नाम र दाम कमाएर सक्रिय रहेका सलमानले कन्या नपाएको पनि होइन् ।
बलिउडमा हेर्ने हो भने सबैभन्दा बढी प्रेमिका बनाउने अभिनेता पनि सलमान नै हुन् । बेला बेला उनको नाम नयाँ-नयाँ युवतीसँग पनि जोडिँदै आएको छ । उनकै उमेरका हिरो हिरोईनको विवाह भएर छोराछोरी समेत भइसकेका छन् ।
उनका अधिकांश प्रेमिकाहरुको पनि विवाह भइसकेको छ । तर उनले किन गरेनन् त ? उनले विवाह नगर्नुको कारण अहिले आएर खुलासा भएको छ ।
सञ्चारमाध्यमले बारम्बार विवाह किन नगरेको भनेर प्रश्न गर्दा भर्खरै मात्र सलमानले मुख खोलेका थिए । उनले बताएअनुसार अदालतमा चलिरहेको ‘हिट एण्ड रन’ केशका कारण विवाह नगरेका हुन् ।
उनले भनेका छन्-‘म माथि अदालतमा मुद्दा चलिरहेको छ, जसमा भविष्यमा कस्तो फैसला हुन्छ मलाई थाहा छैन् । यस्तो अवस्थामा विवाह गरेर परिवारलाई अप्ठेरोमा पार्न चाहन्न् ।’ यो भनाई उनले अदालतको फैसला हुनु अघि बोलेका थिए ।
सलमानले बताएअनुसार हिट एण्ड रन केशले उनलाई विवाह गर्न दिएन् । विवाह गर्ने उमेरदेखि नै उनीविरुद्ध अदालतमा मुद्दा चलेको थियो । उक्त १३ वर्ष पुरानो मुद्दाको बुधबार फैसला भएर पाँच वर्षको जेल सजायँ सुनाइएपछि विवाह नगर्नुको कारण खुलासा भएको हो । यो खुलासा भारतीय सञ्चारमाध्यमले गरेका हुन् ।
यसअघि सञ्चारमाध्यमले सोधेको प्रश्नलाई समय आएपछि बताउने भन्दै टार्दै आएका थिए । यसैबीच जेल जाने निश्चित भएपछि सलमानले पहिलेदेखि विवाह गर्न नमानेको भारतीय सञ्चारमाध्यमले टिप्पणी गरेका छन् ।
बुधबार पाँच वर्षको जेल सजायँ सुनाइएका सलमानला्ई अदालतले दुई दिनको छुट्टी दिएको छ । त्यो छुट्टीले घरपरिवारसँग विदाई गर्न सलमानलाई राहत मिल्ने बताइएको छ । एजेन्सी















प्रतिक्रिया