२९ आश्विन २०८३, बिहिबार

कस्तो अचम्मः भगवानले कुकुरमाथि रुप धारण गरे !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dog-god

काठमाडौं । हाम्रो समाजमा भगवान छैनन् भन्नेहरु धेरै छन् । तर त्यो भनाई विभिन्न चमत्कारिक घटनाबाट गलत पुष्टि भएको छ । विभिन्न रुप धारण गरेर भगवान संसारमा छन् भन्ने प्रष्ट पारेका छन् ।

त्यसको पछिल्लो उदाहरण हो कुकुरमाथि रुप धारण गर्नु । मुहल्लाको कुरैचास्थित भैरव मन्दिरमा एक कुकुरमाथि भगवानले रुप धारण गरेको समाचार बाहिर आएको छ । धार्मिक मान्यता अनुसार कुकुरलाई भैरवको वाहन मानिन्छ ।

dog-god-1त्यसकारण कुकुरको भक्तिपछि भगवानले रुप धारण गरेको भक्तजनहरुले बताएका छन् । भैरब मन्दिरमा बस्दै आएको कुकुर पछिल्लो ४५ घण्टादेखि निरन्तर शिवलिंगको परिक्रमा गरेपछि स्थानीय अच्चममा परेका छन् ।

उनीहरुले कुकुरले निरन्तर परिक्रमा गर्ने क्रममा भगवान शिवको अगाडी शिर समेत झुकाएको बताए । त्यसपछि कुकुर काम्न थालेको बताइएको छ । यस्तो घटना विश्वमै यो पहिलो हो ।

समाचार एजेन्सीका अनुसार धर्मका पूजारीहरुले पनि कुकुरमा भगवान रुप धारण भएको बताएका छन् । कुकुरको तपस्याबाट भगवान प्रशन्न भएको उनीहरुको भनाई छ । यसरी कुकुरले पूजा गर्दा भगवानको रुप धारण भएपछि विश्वभर चर्चा परिचर्चा थालिएको छ । एजेन्सी