३० आश्विन २०८३, शुक्रबार

‘होस्टेल रिर्टन्स’ भदौ ४ मा फर्किने, अरुको टुङ्गो लागेन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hostel-returns-1

– सुशिल नेपाल
पाल्पा । नयाँबर्षको सुरुवातमै आएको विनाशकारी भूकम्पले चलचित्रको सोचिएको आशालाग्दो बजारलाई प्रभावित पारेको थियो । केहि आशालाग्दा चलचित्र रिलिजको पर्खाईमा थिए भने केहि प्रदर्शन भइरहेका थिए ।

भूकम्पको समयमा बहुप्रतिक्षित चलचित्र रेशम फिलिलि र पुनः प्रदर्शनमा आएको चलचित्र झोला प्रदर्शन भइरहेको थियो । त्यस्तै बैशाख १८ गते पनि बहुप्रतिक्षित चलचित्र धुन प्रदर्शनमा आउनेवाला थियो । त्यस्तै बैशाख २५ मै आशा गरिएको चलचित्र होस्टेल रिर्टन्स प्रदर्शन हुनेवाला थियो । त्सससंगै जेठ १ मा कामचोर प्रदर्शनमा आउनेवाला थियो । यि बाहेक अन्य चलचित्र प्रदर्शन हुनेवाला थिए जुन चलचित्रहरु अहिले भूकम्पका कारणले मिति त सर्ने नै भयो तर कहिले भन्नेमा छन । होस्टेल रिटन्र्सले भने आफनो फिल्म भाद्र ४ मा रिलिज गर्ने निधो गरिसकेको छ ।

dhoon posterत्यस्तै बैशाख १८ गते प्रदर्शन तोकिएको फिल्म धुनले आफनो रिलिज डेट अझै पनि पक्कापक्की गरेको छैन । अहिले भुकम्पले गर्दा मानिसहरुमा अझैपनि चलचित्र तिर ध्यान जान नसकेको र त्यसका लागि केहि समय लाग्ने हुँदा बिस्तार चलचित्रको अवस्था सामान्य बन्दै गएपछि रिलिज डेट तोकिने धुनका निर्देशक कृष्ण पौडलले बताए । यसबाहेक अन्य थुप्रै चलचित्र जुन भूकम्पको असरमा परे तिनिहरुको पनि रिलिज कहिले हुँने कुनै टुंगो छैन ।