३० आश्विन २०८३, शुक्रबार

भूकम्पले रानी पोखरीको मन्दिर भत्काएपछि(फोटो फिचर सहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rani5

गत हप्ता गएको विनासकारी भूकम्पबाट क्षतिग्रस्त हुँने सांस्कृतिक र पुरातात्वीक सम्पदामध्ये रानी पोखरीमा अवस्थित बालगोपाल महादेवको मन्दिर पनि एक हो । मन्दिरको बीच भाग पूर्ण रुपमा ध्वस्त भएको छ ।

उक्त पोखरी र मन्दिर प्रताप मल्लले इ.सं. १६६५ मा निर्माण गरेका थिए । मल्लले आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको निधन पश्चात रानीलाई खुसी पार्नको लागि उक्त पोखरी र मन्दिरको निर्माण गरेका थिए ।पोखरीको बीच भागमा रहेको उक्त मन्दिर निकै मनमोहक देखिन्छ ।

rani7

 

वि.सं. १९९० को भूकम्पले मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरुपमा निर्माण गरेका थिए । उक्त मन्दिर एक सय ८० मिलर लम्बाइ र १४० मिटर चौडाइमा र पोखरीले ६२ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको छ । जुन मन्दिर बर्षको एक पटक भाइटिकाको दिन मात्र खोलिने गर्दै आइएको थियो । अहिले उक्त मन्दिर लगभग भग्नाअवशेषमा परिवर्तन भएको छ ।

rani6

ranirani3 rani1 rani2rani4

तस्बीरः विश्वास खड्काथोकी