२९ आश्विन २०८३, बिहिबार

उडायो सपना सबै भूकम्पले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Siba-sthire

‘हुने हार दैव नटार’ भने जस्तै दैविक प्रकोपलाई कसैले रोक्न, छेक्न र केही गर्न नसकिँदो रहेछ । गोरखाको बार्पाकलाई केन्द्र बनाएर शनिबार (वैशाख १२ गते) आएको महाभूकम्पले देश शोक र पीडामा डुबेको छ । देशभर अहिलेसम्म ७ हजार ७ सय ५९ जनाले ज्यान गुमाइसकेका छन् भने १४ हजार ५ सय ३६ घाइते भएका छन् भने, लाखौ विस्तापित भएका छन् अरबौको क्षति भएको छ ।

विभिन्न जिल्ला सिन्धुपालचोक, नुवाकोट, लमजुङ, काभे्र, गोरखा, धादिङ लगायत उपत्यका भित्रका विभिन्न स्थानका थुप्रै घरहरु भत्किएका छन् । न बस्ने छानो बाँकि छ न भरे खाने मानो बाँकि छ, छ त केवल एक मुठी सास, मनभरि पिडैपिडा बाँकि छ । टन्न भएकाहरुको सर्वस्व सकियो । नभएकाहरुको कमाउने, खाने बाटो नै गुम्यो । घर भएकाहरु त्रिपाल मुनि बस्न बाध्य भएका छन् । भुल्न चाहन्छन् पीडा तर याद बनेर पलपल घोचिरहन्छ ।

‘उडायो सपना सबै हुरीले’ भन्ने निकै चर्चित गीत यतिखेर वास्तविकतामा परिणत भएको छ । गत शनिबार ११ बजेर ५६ मिनेट जाँदा गएको ७.९रेक्टरको महाभूकम्पले देश शोक र पीडामा डुबेको छ । लाखौका सपना चकनाचुर भएका छन् । आफूले देखेका सुन्दर सपनाहरु टुटेका छन्, फुटेका छन् । केवल सम्झना र यादहरु मात्र बाँकि छन् ।

मर्ने त मरिहाले बाँचेकाहरुलाई खाद्मान्न अभाव भइरहेको छ । ११ दिन बितिसक्दा पनि सरकारबाट कुनै पनि खालको राहत पाउन नसकेको गुनासो गरिरहेका छन् । राहत पाएका छन त केवल संघ संस्था र विभिन्न क्लबबाट केही राहत पाएको मिडियाहरुमा सुन्न पाइन्छ । काठमाडौंदेखि नजिकै रहेका जिल्ला सिन्धुपालचोक, धादिङमा राज्यबाट कुनै राहत नपाएको गुनासो स्थानीयबासीहरुले गरिरहेका छन्, भने काठमाडौंबाट टाढा रहेका जिल्लामा झन के सरकारको राहत पाउन सकेका होलान र सहजै अनुमान गर्न सकिन्छ ।

सम्पूर्ण स्थानीय भूकम्पपीडित सरकारको राहत पाउने आशामा बसेका छन् । राहत सामाग्री राजधानी केन्द्रित छन् । राज्यको एउटा सुरक्षा निकाय (नेपाल प्रहरी, आर्मी र सशस्त्र प्रहरी बल) आफ्नो ज्यानलाई जोखिममा राखेर उद्वार कार्यमा लागिरहेका छन् । यतिखेर राज्य भनेको केवल सुरक्षा फौज मात्र होकी भन्ने अनुमान गरिरहेका छन् । छिमेकी मुलुक भारत र चीनले नेपालको महाभूकम्पलाई सहयोग गरिरहेका छन् । राज्यबाट प्रभावकारी हुन सकेको छैन् । स्थानीय भूकम्म पीडित राज्यको सार्थक उपस्थिति खोजिरहेका छन् ।

काठ्माडौका अग्ला, ठूला घर भत्किदा च्यापिएर सयौको ज्यान गयो । भने कति जिउँदै भित्रै अड्किए, ति मध्ये केहीले त उद्वार पाए भने धेरैजसोले उद्वारको आशामा तड्पिदै ज्यान गुमाए । बचेकाहरुले ज्यान जोगाउन देशैभरि खुला ठाउँहरुको शरण लिएका छन् । तिनिहरुका लागि अहिलेसम्म त्रिपालको व्यवस्था हुन सकेको छ, न खानेपानी छ, न खाद्मान्न नै छ । यो कस्तो पिडादायी अवस्था । हे भगवान् नेपाल र हामी नेपालीको लागि यस्तो कालो दिन फेरि फर्केर नआओस् ।

काठमाडौंका पक्की र केही बलियो ठानिएका घरहरु त भत्के भने गरिबीका प्रतिकका रुपमा रहेका थोत्रा र कच्ची घर गोठहरुको त हरिबिजोग हुने नै भयो । काठमाडौबाट नजिकै पर्ने सिन्धुपालचोकको भीमटार गाविस यतिखेर हेर्न लायक छैन् । गाँउ नै तहसनहस भएको छ । सिन्धुपालचोकको मेरो साथी मसगँ फोनमा भक्कानिदै भन्दै थियो । के सोचेथे के विपति आइलाग्यो । मम्मी गुमाए, भाई गुमाए भएको सर्वस्व गुमाए बाँकि छ त केवल पिडैपिडा, सम्झना र यादहरु मात्र बाँकि छन् ।

बचेकाहरुले ज्यान जोगाउन देशैभरि खुला ठाउँहरुको शरण लिएका छन् । तिनिहरुका लागि अहिलेसम्म त्रिपालको व्यवस्था हुन सकेको छ, न खानेपानी छ, न खाद्मान्न नै छ । यो कस्तो पिडादायी अवस्था । हे भगवान् नेपाल र हामी नेपालीको लागि यस्तो कालो दिन फेरि फर्केर नआओस् ।

मैले देखेका सपना टुटेका छन्, फुटेका छन् । उ एकोहोरो आफ्नो पीडा बोलिरहेको थियो । मेरो आँखाबाट बरबर आँसु छरिरहेका थिए । उसको जस्तो पीडा आज हजारौंले भोगिरहेका छन् । एक हातले आसु पुच्दै म उसलाई केही आश्वासन दिदै, जे भयो त्यो भइनै हाल्यो । बिछोड र विनाश भयो भनेर पुर्पुरामा हात राखेर बसेर केही हुदैन् । आफ्नो शोक र पीडालाइ शक्तिमा बदल्ने प्रयास गर्नुपर्ने हुन्छ । तर भनेजति सजिलो त कहाँ हुन्छ र आफनो घर परिवार गुमाउँदाको पिडा, जसरी घरहरु भत्केका छन्, चर्किएका छन् ।

त्यसरी नै मान्छेका मनहरु फाटेका छन्, चर्किएका छन् हजारौका सपना चकनाचुर भएका छन् । मानिसहरुका भावना र मनहरु घरहरु जस्तै चर्किएका छन् । यि चर्किएका मनहरुमा मलम लगाउन र घरबारबिहिन भएकाहरुको गास, बास र कपासको व्यवस्था मिलाउन उदार हात बढाउनुपर्ने बेला हो । सुखमा त जसले पनि भद्र र उद्दार देखिने साथी र परोपकारीको अभिनय गर्छ नै, तर साथी र परोपकारीको परीक्षा तब हुन्छ जब संङ्कट आइलाग्छ । यस्तो विपत्तिको समयमा सरकारको सहयोगको अपेक्षा गर्नु स्वभाविकै हो ।

भनेजति सजिलो त कहाँ हुन्छ र आफनो घर परिवार गुमाउँदाको पिडा, जसरी घरहरु भत्केका छन्, चर्किएका छन् । त्यसरी नै मान्छेका मनहरु फाटेका छन्, चर्किएका छन् हजारौका सपना चकनाचुर भएका छन् । मानिसहरुका भावना र मनहरु घरहरु जस्तै चर्किएका छन् । 

जीवन त्यति सहजै त कहाँ चल्दोरहेछ । जीवन जिउने क्रममा धेरै घुमाउरा र अप्ठ्यारा घुम्तीहरु पार गर्दै जीवनलाई अघि बढा्नुपर्ने हुन्छ । शनिबार बिहानको ११ बजेर ५६ मिनेटमा गएको ७.९ रेक्टर स्केलको भूकम्पपछि पनि केही झड्काहरु आइरहेकै थिए । लाखौ करोडौ खर्च गरेर बनाएका सुन्दर घर, हाउजिङ, अपाटमेन्टहरु क्षणभरमै ध्वस्त भए ।

यो विपद्को बेलामा सरकारलाई विश्वास गर्नु र सक्दो सहयोग गर्नु हाम्रो पनि दायित्व हो भने, नेपाली जनताले बनाएको नेपाल सरकारले जनतालाई विश्वस्त पार्दै जनताको जिउधनको सुरक्षा गर्नु सरकारको दायित्व हो । उद्दार राहतको आश गरेर बसिरहेको यो अवस्थामा सरकारले उद्दार तथा राहत कार्यलाई जतिसक्दो छिटो प्रभावकारी बनाउन अत्यावश्यक छ ।