२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा नेपाली मुलका सिटौला नगर उपप्रमुखमा बिजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sitaula (1)

– विजय थापा 

वासिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड राज्यमा बसोबास गर्दै आएका किरण सिटौलाले ईतिहास लेख्दै मेरिल्याण्ड राज्यको इण्डियन हेड सिटीको नगर उप प्रमुखमा बिजयी भएका छन् ।

अमेरिकी मुलधारको राजनीतिमा नेपाली मूलका ब्यक्ति सार्वजनिक पदमा सम्भवत निर्वाचित भएको यो पहिलो घटना हुन् पुगेको छ ।

सिटौलाले चुनावी मैदानमा उत्रेका आफ्ना ४ जना प्रतिद्वन्दीलाई पछार्दै स्वतन्त्र उम्मेदवारबाट जित हात पारेका हुन् । नगर प्रमुखमा बिजयी भएका श्वेत उम्मेदवार ब्रायडन पोलिनले सबै भन्दा ज्यादा मत प्राप्त गरेका थिए भने सिटौला दोस्रो बढी मत पाउने उम्मेदवार भएका छन् ।

२० बर्ष अगाडी अमेरिका आएका ४१ बर्षका सिटौलाले भने, ‘निर्वाचनमा स्थानीय श्वेत तथा अश्वेत दुवै जातिको मन जितेको हुनाले दुवै पक्षको सर्मथन पाएकोले बिजयी भएको बताउदै ४ बर्षको कार्यकाल सम्म काम गरेर देखाउनु पर्ने बताए ।

kiran-situla-1बुढानिलकण्ठबाट १० कक्षा उतिर्ण गरेपछि उच्च शिक्षाको लागि अमेरिका आएका सिटौलाले युर्निभसिटी अफ मेरील्याडबाट डेटावेस टेक्नोलोजीमा स्नाकोत्तर गरेका छन् । हाल मेरिल्याण्ड राजश्व विभागमा सूचना सेवा अन्तर्गत ओवामा कयेर परियोजना प्रबन्धकको रुपमा कार्यरत छन् ।

काठमाडौंको नक्सालमा जन्मिएका सिटौला विश्व बैंकका साथै अमेरिकी पत्रिका ‘युएसए टुडे’ मा वितरक व्यवस्थापक रुपमा काम गरेका थिए । सिटौला आफू बसोबास रहेको क्षेत्रमा स्थानीय इण्डियन हेड इलिमेन्ट्री बिद्यालयमा विज्ञानसम्बन्धी अतिरिक्त क्रिया कलाप सम्बन्धी स्वयम् सेवकका रुपमा काम गर्दै आएका छन् ।

किन उनी संचार माध्यममा छाउन चाहेनन् ?

नगर उप प्रमुखका बिजेता किरण सिटौलाले भने म काममा विश्वास गर्ने र काम गरे पछि मात्र नाम चाहने व्यक्ति हु । र काम नै नभै धेरै हो हल्ला गर्ने आफ्नो सिद्धान्त नभएकोले म चुनावी प्रचार प्रसारमा पनि संचार माध्यममा आउन चाहिन ।

उनले बिगतमा अमेरिकामा नेपाली मुलका व्यक्तिहरु चुनावी मैदानमा आउनु अगाडी नै हल्ला चलाए तर परिणाम सुन्य भयो भन्दै त्यस्तो नहोस ,पहिले जितेर आए पछि मात्र संचार माध्यममा आउने प्रतिबद्ध भएकोले त्यस्तो गरेको बताए ।

गत वर्षको शिवरात्रीको अवसरमा नेपाली दुतावास वाशिंगटन डिसीले आयोजना गरेको सैनिक दिवसको कार्यक्रममा उनले आफु उम्मेदवार भएको जानकारी दिएका थिए तर प्रकाशित नगर्न आग्रह गरेका थिए ।

चुनावी खर्च कति भयो ?

किरण सिटौलाले भने आफु उम्मेदवार भए पनि कसै संग हात थापिन । कसैसँग कँचो पनि पैसा लिईन । अमेरिकामा चन्दा लिएर उम्मेदवार बन्ने चलन छ तर मैले त्यसो गरिन । आफ्नी बगली बाट निजी २ हजार डलर खर्च गरेर चुनाव जितेको हु भने । चुनाबमा प्रचार प्रसार सामग्री आदिमा लागेको खर्च बताए ।

चुनाब कसरी जिते ?

सिटौलाले भने चन्दा संकलन गर्नु नपरेकोले मैले चुनाब जित्नुको मुख्य कारण घर दैलो अभियान बताए । उनले चुनाबी प्रचार प्रसार गर्ने क्रममा झन्डै १ हजार १ सय जति घर पुगेको बताए ।

सिटौलाले भने मैले माथि हेर्नु हुन्न भन्दै सानो भएर ढोका ढकढकाउदै मत मागेर जितेको हु । यसरी महिनौ महिना सम्म एक ढोका बाट अर्को ढोका गएर धाएर जितेको हु भने । यसो गरियन भने चुनाबमा जित्न मुस्किन हुने ठानेर घर दैलो कार्यक्रमलाई प्राथमिकता दिएको हु सिटौलाले भने ।

सिटौलाले भने हल्लाको राजनीति भन्दा कामको राजनीति गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । अमेरिकामा रहेका संघ तथा संस्थामा आफु आबद्ध नभएको बताउदै अमेरिकामा १२ हजार सदस्य पुगेको संस्था गैर आवासीय नेपाली संघ (एनआरएनए)को पनि सदस्य नभएको खुलासा गरे ।

kiran-situlaजिज्ञासामा उनले भने एनआरएनले काम भन्दा ज्यादा हल्ला गरेको हुनाले आफुलाई नजचेको हुनाले सदस्य लिएको छैन ।

आफु तल्लो स्तरमा बाट काम सुरु गर्न चाहना राख्ने भएकोले मैले उप नगर प्रमुखमा उम्मेदवारी दिए र जिते । म पनि सभासदमा एकै चोटी उम्मेदवार बन्न सक्थे तर त्यसो गरिन ।

उनी नेपालका कुनै पनि राजनीतिक दलसँग आबद्ध भएका छैनन् । कुनै पनि राजनीतिक दलले उनीहरुका कामले उनलाई विश्वास दिलाउन सकेका छैनन् त्यसैले कुनै दलसँग रुचि छैन्, सिटौलाले भने ।

समाज सेवा गर्न सफा राजनीति ‘क्लिन पोलोटिक्स’ हुनु पर्यो भन्दै आफु अमेरिकामा बसेर नेपालको राजनीति हामीले गर्ने हैन भन्दै हामीले यहि राजनीति गर्नुपर्छ र जोड दिदै यहि काम गर्नु पर्छ सिटौलाले भने ।

उनलाई अहिले युवाहरुबाट देशले के चाहेको छ भन्ने सन्दर्भमा जिज्ञाशा राख्दा सिटौलाले युवा नेता गगन थापाको नाम लिदै हल्ला मात्र गर्ने युवा नेता हैन कि बिबेकशील तथा काम गरेर देखाउने बिश्वासिलो युवाको खाँचो रहेको बताए ।

सिटौला बुढानिलकण्ठका पूर्व विद्यार्थीहरुको संगठन सेब्स उत्तर अमेरिकाको २००२ देखी संस्थापक अध्यक्ष रहँदै हाल पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष छन् । उनको संस्था द्वारा भूकम्प पीडितहरुको लागि १ करोड ४० लाख उठाएको बताउँदै नेपालमा सदस्यहरु भूकम्प पीडितहरुको सेवामा कार्यरत रहेको बताए ।