काठमाडौं, २३ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले राजधानीको विभिन्न स्थानमा राहत वितरण गर्नुभएको छ ।
महाभूकम्पबाट पीडित भएका जनताको दुःखमा साथ दिन एमाले नेता खनालले राहत बाँड्दै उनीहरुका गुनासो समेत सुन्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले १५ गते धरहरा, पाटनको कृष्ण मन्दिर बसन्तपुर दरबार र त्यहाँको वरपरको क्षेत्रको निरीक्षण अबलोकन गरेर क्षति विवरण लिनुभएको थियो ।
वैशाख १६ गते डल्लु आवास क्षेत्रका स्थानीय बासिन्दाहरूसँग समस्याको बारे जानकारी लिनुभएको थियो । वैशाख १७ गते ललितपुरको सिद्दिपुरमा पुगेर नेता खनालले ५ सय पीडित घर परिबारलाई राहतको रूपमा चामल, दाल साथै अन्य खाद्यान्न सामग्रीहरू बितरण गर्नुभएको थियो ।
यस्तै, वैशाख १८ गते एमालेको बल्खु पार्टी कार्यलय र चक्रपथ वरपरको क्षतिग्रस्त भौतिक संरचनाको अबलोकन, २० गते स्वयम्बु मन्दिर वरपरको क्षतिग्रस्त भौतिक संरचनाको बारेमा जानकारी लिनुका साथै गोंगबु ६ क्षेत्रमा राहत बितरण गरेको उहाँले जानकारी दिनुभयो । जनताको दुःखमा साथ दिँदै नेता खनालले मंगलबार काठमाडौको धर्मस्थली नगरपालिका १३ मा राहत बितरणसँगै त्यहाँका पीडितहरूसँग साथमा बसेर खाना समेत खाएका थिए ।
जनताले जस्तो खाए नेता खनालले पनि त्यहीमा साथ दिएका हुन् । त्यसपछि उहाँले राजधानीको धर्मस्थली बजार, रामकोट, भीमढुङ्गा, नर्सरी भज्याङ्ग हुँदै सितापाइला वरपरको क्षेत्रको क्षतिग्रस्त भौतिक संरचनाको बारेमा जानकारी लिनुभएको थियो । बुधबार डल्लु आवास क्षेत्रका १५ वडाका स्थानीय बासिन्दाको क्षतिग्रस्त भौतिक संरचनाको अबलोकन तथा निरीक्षण साथै समस्याहरूको बारेमा जानकारी लिएर सरकारलाई पुनर्निर्माण र क्षतिपूर्तिका पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गत वैशाख १२ गते आएको भूकम्पका बेला एमाले बरिष्ठ नेता खनाल आफ्नो गृह जिल्ला इलाममा क्षेत्रीय अधिवेशनमा सहभागी हुनुहुन्थ्यो । भूकम्प आएको थाहा पाएपछि उहाँ सिधै काठमाडौं आउनुभएको थियो ।
तत्कालै उहाँले महाभूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको बारेमा जानकारी लिन बिभिन्न ठाउँमा स्थलगत भ्रमण गरी अनुगमन तथा राहत बितरण कार्य सुरु गरेका थिए । भूकम्प आएको दिनदेखि नेता खनाल निरन्तर जनताको दुःख सुन्दै हिड्नु भएको छ । उहाँले राहत वितरण जनताको गुनासो सुन्ने अभियान निरन्तर जारी राख्ने उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।















प्रतिक्रिया