२९ आश्विन २०८३, बिहिबार

मेस्सी चम्किएपछि बार्सिलोनाको शानदार जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lionel-Messi-celebrationकाठमाडौं, २४ वैशाख । स्ट्राइकर लिओनल मेस्सी चम्किएपछि च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा बार्सिलोनाले शानदार जित हात पारेको छ ।

बुधबार राति भएको च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले मेस्सीको दुई गोलको मद्दतमा बार्यन म्युनिखलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा गोल गर्न सकेको थिएन् । दोस्रो हाफको ७७ औं मिनेटमा गोल गरेर मेस्सीले खाता खोलेका थिए ।

त्यसपछि उनले ८० औं मिनेटमा अर्काे गोल गरेर अग्रता दोब्बर पारे । खेलको अन्तिम मिनेटमा मेस्सीको पासमा नेयमारले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।

यस्तै, मंगलबार राति रोनाल्डोको रियल मड्रिड युभेन्टससँग २–१ ले पराजित भएको थियो । खेलमा रोनाल्डोले एक गोल गरेका थिए ।

Neyamar-footballer