एजेन्सी । बलिउड अभिनेत सलमान खानलाई मुम्बइको सेसन अदालतले ५ बर्षे जेल सजाय सुनाएपछि उनको आमा बेहोस बनेकी छिन् ।
स्वास्थ्य अवस्था कमजोर भएकी सलमानकी आमा सलमान विरुद्धको फैसला सुन्ने वित्तिकै वेहोस बनेको एजेन्सीले जनाएको छ । सन् २००२ देखि चल्दै आएको हिट एन्ड रन केसमा अदालतले बुधबार सलमान विरुद्ध जेल सजाएको फैसला सुनाएको हो । उक्त फैसलाबाट उनको बहिनी रोएको पनि समाचारमा उल्लेख छ ।
सलमानलाई बुधबार नै मुम्बइको अर्थरोड जेल लगिने बताईएको छ । उक्त फैसलाले सलमान स्वंम पनि निकै दुःखी र भावुक देखिएका थिए । सलमान यही केसमा सन् २००२ को अक्टुवर ७ देखि १८ दिन जेलमा बसिसकेका छन् । अहिले भने उनलाई ५ बर्षको जेल सजाय र २५ हजार जरिवानाको फैसला सुनाईएको छ । सलमानसँग शित युद्धमा रहेका शाहरुख खान समेत अदालतको निर्णय आउनु एक दिन पहिले सलमानको निवासमा भेट्न पुगेको एजेन्सीले बताएको छ ।
















प्रतिक्रिया